ईपीएस परीक्षा ५१ ले दिन नपाउने, ३१७ फाराम रद्ध
सोल-आउदो असोज २ र ३ गते हुन लागेको छैटौं ईपीएस परीक्षामा ५१ जना आवेदकले परीक्षा दिन नपाउने भएका छन् | ती उमेरद्वारको उमेर हदका कारण परिक्षामा सहभागी हुन नपाउने ब्यहोरा ईपीएस शाखा नेपालले जानकारी गराएको हो ।
परीक्षा दिन नपाएका उमेरद्वारले आवेदन बापतको दस्तुर भने फिर्ता पाउनेछन | दस्तुर फिर्ता लिन प्रवेश पत्र र फाराम दर्ता गर्दा पेश गरेको नागरिकता वा राहदानीको सक्कलै लिएर ग्वार्कोस्थित ग्लोबल आईएमई बैंकमा एक महिनाभित्र सम्पर्क राख्न ईपीएस शाखाले जनाएको छ |
उमेरको हद बढी भएकाको नामावली निम्न अनुसार छ :-
त्यस्तै दोहोरो दरखास्त फारम दर्ता गरेकाले ३ सय १७ जनाको आवेदन रद्ध गरिएको छ | ईपीएस शाखाले जनाए अनुसार दोहोरो दरखास्त फारम नभर्न दिइएको निर्देशन बिपरित दरखास्त फारम भरिएकाले ती फारम रद्ध गरिएको हो |
दरखास्त फारम रद्ध हुनेहरुको नामावली निम्न अनुसार छ :-