कोरियामा १३ अबैधानिक बिदेशी कामदार पक्राउ
थेगु -दक्षिण कोरियाको थेगु शहर क्षेत्रबाट १३ अबैधानिक कामदार पक्राउ परेका छन् | सोमबार दिउसो ३.३० बजे कोरियाली अध्यागमन बिभागका कर्मचारीले संजु बस पार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो |
पक्राउ पर्ने मध्ये ४ जना नेपाली रहेका छन् | त्यस्तै ४ जना भियतनामी र ५ जना चीनियाँ कामदार रहेका छन | नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए | ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड शुरु गरेको थिए |
कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो | यस अघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाईकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए |