एनआरएन कोरियाको निर्वाचन मण्डलका सबै पदाधिकारीद्वारा राजीनामा
लिलु डुम्रे
सोल- गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको अधिबेसनका लागि गठन गरिएको निर्वाचन मण्डलका सबै पदाधिकारीले राजीनामा दिएका छन् । बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरि निर्वाचन मण्डलका सात जनाले सामुहिक राजिनामा दिएका हुन् ।
एनआरएन कोरियाको बर्तमान कार्य समितिले समयमा निर्वाचन मण्डललाइ आवश्यकीय कागजात उपलब्ध गराउन नसकेका कारण पद जिम्मेवारीबाट बाहिरिएको बिज्ञप्तिमा उल्लेख छ । पंजिकृत सदस्यहरुको अन्तिम नामावली ,आर्थिक र कार्य प्रतिबेदन प्राप्त हुन नसकिएकोले निर्वाचन गर्न नसकिने बिज्ञप्तिमा उल्लेख छ ।
भोलि सनिबार र पर्सि आइतबारलाइ तोकिएको अधिबेसनका लागि व्यवसायी तथा समाजसेवी रुद्र शर्माको संयोजकत्वमा सात सदस्यीय निर्वाचन मण्डल गरिएको थियो । निर्वाचन पुर्व देखिएका अस्वस्थ गतिबिधि र पद लोलुपपता बढी हाबी भएकोकोले असहज परिस्थितिमा निर्वाचन गर्न निर्वाचन मण्डल सक्षम नहुने हुदा राजिनामा गरिएको संयोजक शर्माले जानकारी गराए ।
‘फोहोरो खेलको साक्षी बस्नुभन्दा राजिनामा दिनु उपयुक्त ठाने’ शर्माले भने । एनआरनएन कोरियाका अध्यक्ष बिनोद कुवरले कागजात समयमा उपलब्ध गराउन नसकेको स्वीकार्दै भने फर्महरु पुन परीक्षण गर्न परेकोले ढिलो हुन गयो ।
एनआरएन कोरियाको अधिबेसन निर्वाचन मण्डलका लागि शर्माको संयोजकत्वमा डा देबी बहादुर बस्नेत, तारा के सी ,गिरिराज कुवंर ,सागर न्यौपाने ,झकबहादुर थापा र बिमल सुबेदी सदस्य रहेको समिति एक महिना अघि गठन गरिएको थियो ।