बहिनीको सम्झना (कविता)
सुनिल मल्ल
विदेशी जीवन यस्तै भो बैनी आउँदिन लिनलाई,
मसंग केहि रहेन खुशी तिमिलाई दिनलाई |
खबर तिम्ले नपाए पनि तीजमा जानु है,
आँटो र ढिँडो जे छ घरमा ‘दर’ सम्झी खानु है |
नहेर्नु बाटो यो साल मेरो आउँदिन लिनलाई,
वर्षै र पिच्छे आँशुकै ताल भो केहि छैन दिनलाई |
आमा र बजै घरमै होलान् फोन गरेर जानु है
खोलामा बाढी आको छ होला तरेर जानु है |
गाउँ र घरमा रमाइलो होला तिजैको बेलैमा,
तिमी नि नाच्न जानु है बैनी पल्लो गाउँ मेलैमा |
कोशेली लानु पर्दैन बैनी खाली हात जानु है,
आँगनी छेउँमा काँक्रो झ्याङ्ग होला टिपेर खानु है |
कामगर्ने छैनन् कोहि पनि घरमा बर्षे झ्याङ् भा होला,
छिमेकी घरमा तिजको ‘दर’ रमाउँदै खा होला |
ति बुढि आमा दिनैर पिच्छे मेलैमा गा होलिन्,
पेटभरी खान पुग्दैन अरे झन बुढी भा होलिन् |
बलिन्द्र आँसु नझार्नु बैनी छिमेकी माझैमा,
नरोए बैनी दाजुलाई सम्झी गोधुँली साँझैमा |
तिमिले पनि जे छ त्यै घरमा नरोई खानु है,
समय मिलाई माइतीघर सम्झी तिजैमा जानु है |
हाल -दक्षिण कोरिया