Advertisement
SKIP THIS

नेपालमा पाँच सय अबैध बिदेशी शरणार्थी


काठमाडौं-सरकारले दुई देशका शरणार्थीलाई मात्र नेपालमा मान्यता दिएको छ । तर, अन्य नौ देशका नागरिक शरणार्थीको नाममा नेपालमा बस्दै आएका छन् । गृह मन्त्रालयका अनुसार विभिन्न नौ देशका चार सय ८७ जना शरणार्थी नेपालमा बस्दै आएका छन् । अन्य ३४ जनाले शरणार्थी बन्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)मा शरण खोजेका छन् ।

 

युएनएचसिआरले गृह मन्त्रालयमा दुई साताअघि दिएको विवरणअनुसार नेपालमा सबैभन्दा धेरै पाकिस्तानी शरणार्थी बस्दै आएका छन् । हाल दुई सय ६३ जना पाकिस्तानी शरणार्थी छन् । त्यस्तै, म्यानमार, अफगानिस्तान, श्रीलंका, सोमालिया, इरान, इराक, कंगो र बंगलादेशका नागरिक शरणार्थी छन् । म्यानमारका एक सय ५५, अफगानिस्तानका ५५, श्रीलंकाका २२, सोमालियाका १७, इरानका ६, बंगलादेशका चार, इराकका तीन, कंगोका दुईजना शरणार्थी नेपालमा बस्दै आएका छन् । उनीहरूलाई युएनएचसिआरले नै पाल्दै आएको छ । नेपाल सरकारले उनीहरूलाई शरणार्थीसम्बन्धी कुनै कागजपत्र नदिए पनि युएनएचसिआरले ‘सहरी शरणार्थी’को मान्यता दिएर तेस्रो मुलुकमा पठाउँदै आएको छ ।

 

विभिन्न कारणले आफ्नो देशमा बस्न नसकेको भन्दै उनीहरू नेपाल आएर युएनएचसिआरको शरणमा गएका हुन् । प्रारम्भिक छानबिनपछि केहीलाई उनीहरूकै देश पठाउने गरिएको छ भने आफ्नो देश फर्कन नचाहनेलाई अमेरिका, क्यानडा तथा युरोपियन देशमा पुनस्र्थापित गरिँदै आएको छ । पाकिस्तानमा भएको द्वन्द्वका कारण धेरैजना नेपाल आएर शरणार्थीको हैसियत खोज्ने गरेका छन् । केही व्यक्ति १० वर्षदेखि युएनएचसिआरमा शरणार्थीको रूपमा बस्दै आएका छन् । तेस्रो देशले लिन तयार भए पनि यो अवधिमा भिसाको लाखौँ जरिवाना तिर्नुपर्ने भएकाले जरिवाना तिर्न नसक्दा उनीहरू जान सकेका छैनन् ।-नयाँ पत्रिका

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...