दश बर्षे कोरियन बच्चाले जीवन दिइन
ऐश्वर्य श्रेष्ठ ,सोल-कहिले काही हामीलाई लाग्न सक्छ दश बर्षे बच्चाले के गर्न सक्ला र । अपत्यारिलो सत्य घटना जुन दक्षिण कोरियाको राजधानी सोलमा घटेको घटना हो ।
एक जना पुरुषलाई जीवनदान दिएपछि ती बालिका एकाएक चर्चित बन्न पुगेकी छिन् ।तीन घण्टा अघि सिकेको कुरालाई व्यवहारमा तत्काल उतारी ती बालिकाले कार्डियोपलमोनरी रेसुसाइटेसन पद्धतिबाट बचाएकी हुन । एक पचास बर्षीय मुटुरोगबाट ग्रसित व्यक्तिलाई एक अपार्टमा अचेत अवस्थामा भेटाएकी लि सु बिनले गत बिहिबार पुर्नजीवन दिएकी थिइन् ।
श्वासप्रश्वासको माध्यमबाट सो व्यक्तिलाई होशमा ल्याई हस्पीटल पुराउन समेत लिले सहयोग गरेकी थिइन् ।सोमबार मात्र लिको सहासिक कार्यलाई सम्मान समेत गरिएको छ ।
लिले छात्तीमा थिच्दैं श्वासप्रश्वासको माध्यमबाट होशमा ल्याई आमाको मद्दतमा हस्पिटल पुराएको हुनाले सो व्यत्तिको बाच्ने संभावना ९७ प्रतिशतले प्रवल रहेको समेत अस्पताल स्रोतले बताएको छ ।