कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरे
सोल – ईपिएस प्रणाली मार्फत साढे तीन महिना अघि कोरिया आएका गोर्खाका २५ बर्षीय प्रबिप भट्टले आज दिउसो बाथरुममा झुन्डिएर आत्महत्या गरेका छन् |
उनि खजेदोको देउ सी बिल्डिंग कम्पनीमा पानीजहाज बनाउने काममा कार्यरत थिए | उक्त कम्पनी ७ सय ५० जना नेपाली रहेका छन् |नेपालबाट आएको कम्पनी बन्द भएको कारण उक्त कम्पनीमा साढे १ महिना अघि सरेका थिए |
आत्महत्याको कारण खुल्न सकेको छैन |पछिल्लो चरणमा कोरियामा आत्महत्या गर्ने संख्या बददो छ |
बिस्तृत विवरण आउन बाँकी छ फोनिजकोरिया हेर्दै गर्नु होला |