छैटौं ईपीएस परीक्षा ४३ हजार ४ सयले दिए
सोल- असोज २ र ३ गते सम्पन्न छैटौं इपीएएस परीक्षा ४३ हजार बढीले दिएका छन् | काठमाडौं र पोखरामा भएको परीक्षामा ४३ हजार ४ सय ६ जनाले परीक्षा दिएका हुन् | यसपालिका लागि ५१ हजार १ सय ३७ जनाले आवेदन भरेका थिए |
उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र कृषि तथा पशुपालन तर्द २ हजार २ सय उतिर्ण गराइने यो परिक्षामा कोटा भन्दा ६ गुणा बढी परीक्षार्थी सामेल भएका हुन् |
ईपीएस शाखा नेपालका अनुसार अनुपस्थित आवेदकको संख्या ७ हजार ६ सय १९ रहेको छ | त्यस्तै बिभिन्न प्रकारको अनियमितता गर्न खोज्ने १ सय १२ लाई पक्राउ गरिएको छ |
यो परिक्षा उतीर्ण आवेदक २०१६ को कोटामा कोरिया आउनेछन | २ दिनसम्म २ सिफ्टमा परीक्षा संचालन भएको थियो । परीक्षाफल असोज २१ गते सार्बजनिक गर्ने कार्यक्रम रहेको छ |