कोरियामा सफलता चुम्दै बिपिन गुरुङ
डेढ दशक अघि ब्यापारी भिसामा कोरिया प्रवेश गरेका बाग्लुङ दुदिलाभाटीका बिपिन गुरुङ अहिले कोरियामा सफल व्यसायीको रुपमा चिनिन्छन | हाल गुरुङको राजधानी सोलमा दुईवटा रेस्टुरेन्ट संचालनमा छन् |
खेलकुदमा सक्रिय रहदै आएका गुरुङ समाजसेवामा पनि उत्तिकै सक्रिय छन् | कोरिया प्रवेश गरेका सुरुवाती बर्षमा निकै कठिन संघर्ष गरेको स्मरण गर्दै गुरुङले भने मेहनत नै मान्छे सफलता तर्फ उन्मुख हुने कडी हो | बाग्लुङ समाजका सल्लाहकार समेत रहेका गुरुङ कुनै पनि संस्थामा बस्दा पदको लागि होईन काम गरेर देखाउन सक्नु पर्ने अन्यथा पदमा बस्नुको औचित्य नहुने बताउछन |
आफु कोरियामा रहेता पनि मन सधै जन्मभूमिमै रहेको सुनाउदै उनले भने अरुको देश सम्वृद्धि र बिकसित भएता पनि आफ्नो देशमा सधै देखिएको राजनीतिक खिचातानीले देश बिकास हुन् नसकेको उनको ठम्याई छ |
अहिले जसोतसो संबिधान बनेको हुदा देशले मुहार फेर्लाकी भन्ने कुरामा गुरुङ आसावादी देखिदै भने निजी स्वार्थलाई त्यागेर शासन ब्यबस्था चलाउन सके देशले काँचुली फेर्न समय नलाग्ने बताए | उनको रेस्टुरेन्टमा नेपाली तथा ईन्डियन परिकार पाईने हुदा प्राय नेपाली र कोरियन ग्राहक आउने गरेको र कहिलेकाही बिदेशी ग्राहकहरु पनि नेपाली स्वाद चाख्न आउने गरेको सुनाउछन |
कोरियामा रहेका नेपालीहरु मिलेर नेपालमा कुनै पनि सेक्टर लगानी गर्न सकिने प्रशस्त सम्भावना देखेका गुरुङले कृषि , हाईड्रो र प्रयटनमा अझ बढी सम्भावना देखेको बताउदै एकल तथा सामुहिक लगानीमा जोड दिन सके देश विकाससंगै बिदेशिनु पर्ने बाध्यता पनि कम हुने सुझाउछन |
भबिष्यमा आफ्नै जन्मभुमी फर्केर समाजसेवासंगै कृषि र प्रयटन बिकासमा लाग्ने सोच बनाएका गुरुङले भने नेपाल सरकारले काम गरेर खाने बाताबरण बनाईदिए थुप्रै नेपाली स्वदेश फर्कन तयार रहेको सुनाउदै भावुक हुदै भने आफने देशमा रोजगारी पाए कुन नेपाली पो विदेशिन्छ र ? स्वदेश बस्ने नेपालीलाई आफ्नो देश माया जति विदेशमा बस्ने नेपालीहरुलाई पनि देशको माया उत्तिकै लाग्ने गरेको छ |