छाङवन माइग्रेण्ट आरिराङ महोत्सवमा नेपाली तारा प्रताप लामा, नेपाली सांस्कृतिक परेडको साथमा नेपालको सहभागी हुने
अशोक पोख्रेल, – कोरियामा नै सबै भन्दा ठुलो भनेर चिनीएको ” माईग्रेण्ट आरीराङ मल्टीकल्चर फेस्टीवल” माम्फ( MAMF) को सम्पुर्ण तयारी पुरा भएको आयोजकले वताएको छ। यही अक्टुवर २ देखी ४ सम्म गरिने यो महोत्सव ख्यङनाम माईग्रेण्ट सेन्टर र माम्फ आयोजक कमिटीले गर्दै आएको छ। २२ भन्दा बढी देशहरू सहभागी रहने यस दशौं ( माम्फ MAMF) महोत्सवमा विभिन्न देशका मन्त्री साथै दुतबास प्रमुखहरूको पनी सहभागी रहने गर्दछ।
कोरीयामा रहेका प्रवासी र आदीबासीहरू संगै रमाउने यो महोत्सब गतशाल भएको ठाउँ, KBS TV भवन अगाडी रहेको ख्यङनाम छाङवन योङजि पार्कमा हुने भएको छ। भेतनाममा लगानी सम्बन्धी केन्द्रीत यस महोत्सव पहीलो दिन अौपचारीक उद्घघाटन, दोस्रोदिन प्रवाशीहरू बिच गायन प्रतिस्प्रधा र तेस्रो दिन विभिन्न सहभागी देशहरूको साँस्कृतिक परेड प्रदर्शन हुनेभएको छ।
दोस्रो दिन शनिबार गरिने विभिन्न देशका आप्रवाशीहरूले कोरियन गितमा प्रतिस्प्रधा गर्नेछन । अघिल्ला विभिन्न चरणहरूबाट छनौट भएका प्रतिस्प्रधीहरूले यस महोत्सवको दोस्रोदिन अन्तिम चरणमा उत्कुस्ट स्थानको लागी प्रतिस्प्रधा गर्नेछन्। पहिलो पुरस्कार ५० लाख वन रहेको उक्त गिती प्रतियोगीताको उपाधी गतबर्ष कम्वोडीयाले हातापारेको थियो भने यसपटक पनी पहिलो पुरस्कार ५० लाख वन रहेको छ ।
दोस्रोदिन ३बजे पछी हुने उक्त गिती प्रतियोगीता महोत्सवकै मनोरञ्जनात्मक र आकर्षक रूपमा हेरिन्छ । तेस्रो दिन आइतबार हुने विभिन्न देशको साँस्कृतिक परेड महोत्सबको अर्को मुख्य आकर्षक पक्ष हो। यस साँस्कृतिक परेडमा प्रथम हुनेलाई ३० लाख वन,दोस्रोलाई १० लाख वन पुरस्कार राशी रहेको छ । दिनको ३ बजेबाट सुरूहुने परेड प्रदर्शनीमा योपटक नेपालीहरूको विशेष परेड प्रदर्शनी हुनेभएको छ।
यस महोत्सवमा सहभागी विभिन्न देशहरूले,आफ्नो देशलाई चिनाउने अर्थात परिचय दिने विभिन्न प्रकारका संस्कृतिहरू चिनारीहरू, खानाकाप्रकाहरू भएका स्टलहरूको समेत प्रदर्शन गर्ने गर्दछन्। नेपालको पनी आकर्षक (विभिन्न संस्कृति झल्कने) स्टलको प्रदर्शनी साथै नेपाली स्वादका खानाका प्रकारहरू पनी खानपाइने भएकोछ।
नेपाली तारा प्रताप लामाको स्टेज कार्यक्रम नेपालीहरूको मुख्य आकर्षक र उत्साहको अर्को पाटो रहेको छ। प्रतेक वर्ष नेपालबाट कलाकार झिकाएर नेपाली गितको धमाका दिने र कलाकारलाई सम्मान गर्ने यस मेलामा यसपाली नेपाली तारा प्रताप लामाको प्रस्तुतीले मेला नै नेपालीमय बनाउने बुझीएको छ। नेपाली तारा प्रताप लामाले कोरीयाली भुमीमा सबै नेपालीलाई नचाउने सबैको अनुमान छ।
प्रतेक बर्ष नेपालीहरूको दमदार सहभागी र प्रस्तुती रहने यस महोत्सवमा यसपटक नेपाली पञ्चेबाजा, नेपाली मगर समुदायको नृत्य, नेपाली राई सामुदायको साकेला नृत्य थप आकार्षकका पक्ष रहनेछन्। यसपटकको साँस्कृतिक परेडमा नेपालको पर्दशनीले उत्कृष्ट स्थान लिन सफलहुने नेपालीहरूले आशागरेका छन्।
गतशालको जस्तै नेपालीहरूको बाक्लो उपस्थिति र सहभागी गराउन नेपालको तर्फबाट हरी थपलीयाको संयोजकत्वमा नेपाली तयारी समिती समेत गठन गरिएको छ। प्रदर्शनी स्थल सम्म जानको लागी सजिलोहोस भन्ने अनुभवबाट, वुसान,किम्हे,नोक्सान, याङसान, ,छाङवन,मासान, हामान, मिर्याङ,जिन्जु, थेगु आदी शहरहरूबाट निशुल्क रूपमा बसको ब्यबस्था गरिएको छ। कार्यक्रम स्थल सम्म जान सजिलो होस भन्ने मनशायले विभिन्न स्थानबाट निम्न ब्यक्तिहरूको माध्ययम बाट बसको प्रयोग गर्न सकिने नेपाली तयारी समितीका संयोजक हरी थपलीयाले वताएका छन्।
बुसान – १. गोविन्द पाण्डे – 01072664127
मुकुन्द सापकोटा – 01039328178
रविन राई – 01029136772
प्रशन्न पौडेल- 01059258104
किम्हे – राजकुमार आले – 01066012906
अशोक पोख्रेल – 01059580108
हरि थपलीया – 01065108643
अनिस गुरूङ् – 01068986139
ईश्वर न्यौपाने – 01026557675
याङसान आर्यनहरुले शाही 01065108643
लुम ओली – 01064922933
सालिक खत्री
थेगु सोम ढकाल – 01028917076
भावना गुरूङ् – 01055611399
नेत्र दुलाल – 01027818164
अर्जुन श्रेष्ठ – 0108188403
प्रसन्न पौडेल – 01059258104
युवराज तिवारी –
जिन्जु सन्तोस कु. राई – 01021806693
अविनाश क्षेत्री – 01059648262
मिर्याङ
निराजन पाण्डे – 01021923620
हामान मनोज बुढाथोकी – 01021881555
यङसान उसाङ सछाङ आनन्द कोइराला – 01027003108 –
किम्हेबाट ३ तारीक शनिबार ५:३० बेलुका नोदङवु अघाडीबाट महोत्सव स्थल सम्म जान- आउनेको लागी एउटा बसको ब्यबस्था रहेको छ भने आइतबार विहान १० र ११ बजे २ वटा बसको ब्यबस्था छ। त्यस्तै गरेर अन्य ठाउँबाट आईतबार बस प्रयोग गर्नको लागी माथि उल्लेखीत ब्यक्तिहरू संग बुझ्नुपर्ने भएको छ।
नेपालको कला,संस्कृति, पहिचान दिने साथै नेपाली कलाकारको सम्मान र हौशला बढाउने कार्यक्रम भएकोले सम्पुर्ण नेपालीहरूलाई सहभागी हुनुको लागी, किम्हे माइग्रेण्ट हाउसका अध्यक्ष अर्थात यस महोत्सव आयोजक मध्येका एकजना अध्यक्ष यज्ञराज सुवेदीले अनुरोध समेत गरेका छन्। विदाको दिन परेको हुनाले सम्पुर्ण नेपालीहरू सहभागी भइ नेपालको कला- संस्कृति,कलाकार आदिको परिचय दिने एक महत्वपुर्ण अवसरको रूपमा उक्त महोत्सवलाई प्रयोग गर्नुपर्ने देखीन्छ ।