पाँचैा नार्गाजुन कप बिबादस्पद, ६ खेलाडीलाई रेड कार्ड
समीर पैाडेल
सोल–‘कतै नभएको जात्रा हाडी गाउँमा’ भन्ने उखान झैँ भएको छ पाचौं नागार्जुन कप | गत सेप्टेम्बर २८ मा दोङ्दुछन छुङ्हाव उन्दोङ्जाङमा नार्गाजुन गुम्बाले आयोजना गरिएको नार्गाजुन कपमा रेफ्रिले ६ जना खेलाडीलाई रेड कार्ड देखाएपछि दर्शक दिर्घाले माथिको उखान सम्झेका हुन् | ३२ टिम सहभागी भएको उक्त प्रतियोगीतामा फाईनल खेल लमजुङ एफसि र झापा एफसिबिच भएको खेलमा रेफ्रीका कारण बिबादस्पद बन्न पुगेको हो |
बेलुका ८:३० बाट सुरु भएको फाईनल खेलको सोह्रौं मिनेटमा झापा एफसिको डि एरियामा रेफ्रीद्वारा लिईएको फललाई लमजुङ एफसिका खेलाडीहरुले रेफ्रीको आदेश बिनानै बल संचालन गरेर गोल गरेका थियो ।
डि एरियामा फल भए सोहि ठाँउमा बल राखी बिपक्षीहरुले आफ्नो एरियामा खेलाडीहरुले बार लगाई सकेपछी रेफ्रीले आदेश दिनुपर्ने सो अनुसार पोस्टमा प्रहार गर्ने नियम फूटबल खेलमा रहेको छ |
उक्त घटनापछी झापा एफ सिका खेलाडीहरुले रेफ्रीको आदेश बिना संचालन गरेको गोल अमान्य हुने भन्दै प्रतिबाद गरेका थिए |यसै क्रममा रेफ्रीले ६ जना खेलाडीलाई रेड कार्ड दिएका थिए |
बिना कसुर रेफ्रीले रेड कार्ड देखाएपछि झापा एफ सिका खेलाडीहरुले खेल बहिस्कार गरेका थिए । ठुलो बिबाद र उपस्थित सबैले रेफ्रीको गलत निर्णय भएको बताएपछी रेफ्रीले आफ्नो गल्ति स्बिकार गर्दै रेडकार्ड फिर्ता लिएका थिए |
रेफ्रीले आफ्नो गल्ति स्वीकार गरे पनि आयोजक भने खेल संचानल नगरि एकलैाटी निर्णय गरेको थियो । सहभागी टीमहरु ईलाम एफसि मक्पो एफसि धरान एफसि लागाएत सहभागी टीमहरुले पनि आयोजकको भुमिका र रेफ्रीको एकलैाटी निर्णयप्रति आपति जनाएका छन् ।
कोरियाको ईतिहासमा यति धेरै टिम सहभागी यति ठुलो धनरासी असुली खेलाईएको फाईनल खेलमा भएको बिबादलाई अहिलेसम्म पनि समस्या सामाधानको लागी पहल नगर्नुले आयोजकको भुमिका शकास्पद देखीएको छ । अन्तिम फाईनल खेलमा बिबादमा परेको र आयोजकले एकलैाटी निर्णय गरेकोमा झापा एफसिले घोर भर्सना गरेको छ ।