आमालाई संझिदा
अमृत पाख्रिन ,कोरिया-आमा परदेशी छोराको परदेशबाटैं ढोग छ ।आज आमाको मुख हेर्ने दिन रहेछ अनि आज तपाईलाई धेरैं याद गरे शायद कहिले पनि यस अघि गरेको थिएन मैंले ।
तपाईको काखमा खेलेका दिनहरु झलझली संझिन बाहेक केही गर्न सक्दिन ।
म जे छु ठिकैं छु जस्तो लाग्छ तर त्यस्तो रहेनछ जीवन आमा यो परदेशमा ।
दिनहु जस्तो फेसबुकमा साथीहरुको म्यासेज आउछ ।
तँ त पैसा कमाउने भएपछी नबोल्ने भको छस्, निकै परिबर्तन भाको छस्।म भन्छु, हो म परिबर्तन भको छु।
निश्चित रुपमा म पहिले जस्तो छैंन् जस्तो नेपालका साथीभाइहरु सोच्छन् अनि बुझछन् त्यस्तैं जस्तो लाग्छ यहाको जीवनशैंली र काम देख्दा ।
सिन्का समेत नभांचेको मान्छे म अहिले परीश्रमी भाको छु। पहिले सर्टमा टाक राख्न जान्दीन थिए ।अहिले इंजीनियरले गर्ने काम गर्छु ।
पहीले दिन भरी लखर लखर डुली हिड्थे ।
अहिले बिदाको दिनमा पनि अन्य काम गर्छु पैंसा कमाउछु ।
पहिले घरमा लगाएको काम गर्न बिरामी को नाटक गर्थे ।
अहिले बिरामी हुदा पानी दिनको १२ घण्टा काम गर्छु ।
त्यसैले म परदेशमा आएर ठुलो भएको छैंन अनि विरानो पनि र कसैंलाई बिर्सेको छैंन् बरु म परिश्रमी जीवनर समयकको महत्व बुझेर परिबर्तन भएको छु।
तर केही यस्ता साथीभाइहरु पनि छन् जसलाई म परिबर्तन भएको मन पदैंन ।मलाई थाहा छ समयगतिशील छ यसलाई कसैंलाई रोक्न सक्दैंन ।
परिवर्तित समयको परिस्थितिले मलाई परिवर्तत गरायो ।
आमा कहिलेकाही सोध्न मन लाग्छ मेरा ती साथीहरुले यसरी सोचीदए कस्तो होला ?
मैले खान पाको छ की छैन, के खाएको छ ?
स्वाथ्य ठीक छ की छैन, कस्तो छ ?
काम कस्तो छ, अनि कस्तो भयो?
परदेशीको मनको पिडा आमा तपाई बाहेक कसैंले बुझन सकेन यद्दपि ।
मेरो मनमा भक्कानो फूटे पनि,खुसी भएर एक सब्द बाबु सन्चै छस् ? खाना खाइस ?
आफनो जीवनको ख्याल गर्नु हैं भनेर तपाईले एक कल फोन गर्दा दिनभरको कामको पेलानको थकाइ पनि भुल्छु,रिस रागहरु सबैं मर्छ अनि रातमा मिठो निन्द्रा पर्छ ।
आमा तपाईजस्तो महान मेरो जीवनको प्रत्येक पलको प्रेरणा,खुशी हुनुहुन्छ । तपाईको लागि केही गर्न नसकेपनि असल छोरा भएर तपाईको सधैं सेवा गर्ने प्रण गर्दछु ।
आमा ।
मेरी प्यारी आमा ।
-अमृत पाख्रिन ,कोरिया