”दोन माहनी फर” भन्दै कोरियाको दु:ख लिएर आए ऐश्वर्य श्रेष्ठ
सोल – कोरिया नेपाली युवा माझ आकर्षक गन्तब्य मुलुक हो | थोरै लगानीमा मासिक लाख रुपैया भन्दा बढी कमाई हुने कोरियामा सोचे जस्तो छैन |
यसै पनि कोरियाको कामलाई थ्री डी (डर्टी ,डेन्जर र डिफिकल्ट) भनिन्छ | कोरियनहरु कडा मिजासका हुने हुदा काम छिटो गरोस भन्ने चाहना राख्छन | केही गालीका शब्दहरु उनीहरुको मुखैमा झुण्डिएका हुन्छन |
यस्तै कथा , व्यथालाई समेटेर ऐश्वर्य श्रेष्ठले कोरियन भाषा समेत मिसाएर ‘दोन माहनी फर’ बोलको गीत ल्याएका छन् | शब्द , संगीत , स्वर श्रेष्ठको नै रहेको गीतमा सरु गौतमले पनि स्वरमा साथ दिएकी छिन | आउदो १८ तारिख कोरियन युनिभर्सिटीमा हुन् गईरहेको माईग्रेन्ट फिल्म फेस्टिवलमा कोरियामा नै छायांकन भएको भिडियो रिलिज गरिने उनले जानकारी गराए |
कोरियामा सक्रिय रुपमा पत्रकारिता समेत गरि रहेका श्रेष्ठको यस अघि पनि ‘कुखुरी काँ’ बोलको कमेडी गीत बजारमा आईसकेको छ |