एप्पलले २३ करोड ४० लाख डलर जरिबाना तिर्नु पर्ने


 

सोल – प्रविधि जगतको विश्व विख्यात कम्पिनी एप्पलले ठूलो मात्रामा जरिबाना तिर्नु पर्ने भएको छ । अमेरिकाको एक अदालतले एप्पललाई पेटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयलाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको हो ।

 

विस्कोन्सिन मडिसन विश्वविद्यालयको विस्कोन्सिन अल्मुनाइ अुनसन्धान फाउन्डेशनलाई एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेकोमा जरिबाना तिर्नु पर्ने भएको हो । एप्पलले केही आइफोन र आइप्याडमा अनुमति बिना नै पेटेन्ट दर्ता गरिएका माइक्रोचिप प्रविधिको प्रयोग गरेको विस्कोन्सिन अल्मुनाइ अनुसन्धान फाउन्डेशनले जनाएको छ ।

 

 

अदालतको फैसलाले आफूहरुको आविष्कारको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धान फाउन्डेशनले जनाएको छ । एप्पलले भने अदालको फैसला विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । अदालतले विस्कोन्सिन अल्मुनाइ अनुसन्धान फाउन्डेशनको माइक्रोचिप प्रविधि अनुमति बिना नै प्रयोग गरेको भन्दै जरिबाना तिर्न फैसला सुनाएको हो ।

 

अनुसन्धान फाउन्डेशनले ८६ करोड २० लाख अमेरिकी डलरको दाबी गरेपछि अदालतले एप्पललाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको हो । एप्पलले आइफोन फाइप एस, सिक्स र सिक्स प्लसमा माइक्रोचिप प्रविधि प्रयोग गरेको छ ।

 

विश्वविद्यालयको अनुसन्धान फाउन्डेशनले भने एप्पलले आइफोन सिक्स एस र सिक्स एस प्लसमा पनि आफूहरुकै प्रविधि प्रयोग गरेको दाबी गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...