आन्सान वेगुकिन सेन्टरले आयोजना गरेको अन्तरास्ट्रिय भलिबल प्रतियोगितामा नेपालको जित
सौल _ आन्सान वेगुकिन सेन्टरले गत आइतबार १८ तारिख आयोजना गरेको अन्तरास्ट्रिय भलिवल प्रतियोगितामा नेपाली टिमले प्रथम स्थान हासिल गर्न सफल भएको छ |विभिन्न ६ वटा देश नेपाल ,फिलिपिन, भियतनाम, थाईलेन्ड, इन्डोनेसिया र कोरियाका भलीबल टिमले सहभागिता जनाइएको भलिबल प्रतियोगिता लिग सिस्टम बाट खेलाईएको थियो | प्रतियोगितामा नेपाल, थाईल्यान्ड,ईन्डोनेशिया,फिलिपिन्स,भियतनाम र कोरिया गरि ६ टीमको सहभागिता रहेको थियो । लिक सिष्टमबाट खेलाईएको उक्त प्रतियोगिताको ए ग्रुपमा नेपाल,थाईल्यान्ड र ईन्डोनेशिया बिच प्रतिष्प्रर्धा भएको थियो भने बी ग्रुपमा फिलिपिन्स,भियतनाम र कोरिया ।सुरुमै थाईल्यान्डले नेपाललाई २-१ ले पराजित गराए पनि नेपालले अन्य खेलहरुमा सुधार गर्दै अगाडी बढेकोले सेमिफाईनल खेलमा कोरियालाई र फाईनल खेलमा पुन: थाईल्यान्ड टीमलाई पराजित गर्दै नेपाल टीमलाई शानदार जीत हात परेको हो ।थाईलेन्डले भने दोर्सो स्थान प्राप्त गरेको थियो |
नेपाली टिमबाट कोरियामा चर्चित खेलाडीहरु अनिल घमाल ,शंकर गुरूड़्ग, बिजय कार्की ,सन्तोष मल्ल, बिशाल गुरूड़, प्रेम अर्याल, लोकेन्द्र भट्टचन , रिपोट मगर, गोपाल पुन र बम थापा खेलेका थिए भने संयोजन मुक्ति के सी र, राजेश लामा र हिक्मत पुलामी मगर ले गरेका थिए |बिजयी टिम नेपालले कप र खेलाडीका लागि १/१ सेट ड्रेस पुरस्कार स्वरूप प्राप्त गरेका थिए |