कोरियामा नेपाली एकता समुहले दशै विशेष कार्यक्रम गर्ने
नेत्र पौडेल -समस्त नेपाली हरुको महान पर्व “बिजया दशमी” २०७२ को पावन उपलक्ष्यमा”प्रवासमा नेपाली एकता” समूह दक्षिणले शुभकामना आदानप्रदान तथा सांगीतिक, कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रम आगामी २४ तारिक सनिबार बेलुका ७ बजे हिमालयन स्टोरी रेस्टुरेन्ट सुवन मा गर्न लागिएको आयोजकले जनाकारि दिएको छ।दक्षिण कोरियामा रहेका नेपालीहरु बिचमा एकआपसमा आत्मियता गास्दै नेपाली सस्कृतिको संबर्धन र जगेर्ना गर्ने उदेश्यले आयोजना हुन गैरहेको उक्त कार्यक्रममा नेपाली मौलिक परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक कार्यक्रम हरु गरिनेछ।
कोरियामा यति ठूलो संख्या मा दुई दर्जन भन्दा बढी संस्था हरु मेलेर एकीकृत रूपमा गरेको यो नै हालसम्मको बृहत कार्यक्रम हो।उक्त कार्यक्रममा नेपालि याेङ्स्टार ग्रुप ,काभ्रे सम्पर्क समिति,सिन्धुसमाज, हाम्रो जीवन हाम्रो सोच,ठकुरि समाज,नुवाकाेट समाज,मकवानपुर समाज,अर्घाखाचि समाज,भक्तपुर समाज,अनलाइन वेभ टिभि,ईलाम सुर्याेदयसमाज, अटिजम अभियान,धनकुटा सेवा समाज,वाेमन फर वाेमन,एकता समाज,दाङ समाज,हिन्दु जागरण अभियान,ई.पी.एस.युथ,पर्देशी लाईफ,धादिङ समाज, मकवानपुर कोरिया मंच लगायतका संस्था हरुको सामुहिक पहल मा गरिन लागिएको हो।
उक्त कार्यक्रममा नेपाली स्थानिय कलाकारहरुको विविध सांस्कृतिक प्रस्तुतिसमेत रहने छ। कार्यक्रम लाई सफल बनाउन मुल समिती का साथै विभिन्न उपसमिती गठान गरियको छ। उक्त कार्यक्रम मा कोरिया मा कृयासिल सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी अनुरोध गरिएको छ।
कार्यक्रम तालिका :-
मिती: २०१५ -अक्टोबर २४ तारिक सनिवार
समय: साझ ७ बजे
स्थान:- हिमालयन रेस्टुरेन्ट सुवन