कोरियामा पूर्बेलीले ५ पर्व एकै दिन मनाउने
सोल- कोरियामा रहेका पूर्बेलीहरुले एकैसाथ ५ पर्व मनाउने भएका छन् | पुर्वान्चल सरोकार समाजको आयोजनामा दशैं , तिहार , छठ, उँभौली तथा नेपाल सम्वंत पर्ब मनाउन लागिएको हो |
समाजले सबै पर्बलाई समेटने खालको नारा पनि तय गरेको छ | उसले ‘हाम्रो भाषा धर्म सँस्कृतिमा विविधता, प्रवासमा रहेका नेपालीहरूको एकता’ भन्ने नारा राखेको हो |
समाजका संयोजक काजी नेपालले दिएको अनुसार नोभेम्बर ८ तारिख याक्सु स्टेसनमा ती पर्बहरु एकै साथ मनाउन लागिएको हो | सो अवसरमा नेपाली परिकारको स्वाद लिन्दै स्थानिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको पनि संयोजक नेपालले जनाए |
कार्यक्रमलाई भब्य, चुस्त र छरितो बनाउन बिभिन्न समितिहरु गठन गरिएका छन् | सो कार्यक्रममा कोरियामा विभिन्न पेशा र व्यावसायमा आबद्ध सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूलाई उपस्थितीको लागि अनुरोध गरिएको छ |
मिति- २०१५-११-८ तारीक आईतबार
समय- मध्याह्न १२ बजे देखि
स्थान- याक सु स्टेशन (약수 역) लाइन नं. ६ गेट नं. – ५ बाट सिधै अगाडी
बिस्तृत जानकारीको लागि
काजि नेपाल – 01064641511