झोगेसा गुम्बाको कार्यक्रम भब्यताका साथ सम्पन्न
सोल-अक्टोबर १८ तारिख आइतबार बुद्धिस्टहरुको महायान ग्रुप झोगेसा गुम्बाको बिदेश बिभागले आयोजना गरेको अन्तर्राष्ट्रिय खेलकुद तथा साँस्कृतिक कार्यक्रम भब्यताका साथ छल्लादो छन्जुमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद तथा साँस्कृतिक कार्यक्रममा नेपाल लगाएत थाइल्यान्ड, मंगोल, चीन, बर्मा , भियतनाम , श्रीलंका र लाओस र द. कोरिया गरी ९ देशका कोरियामा संगठित संस्थाहरुले भलिबल खेल परम्परागत नृत्य र झाँकी प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रममा कोरियाको बिभिन्न गुम्बा र देशबाट आएका लामा र बौध धर्मालम्बी हरु उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
सम्पूर्ण देशहरुले बुद्धको पहिचान झल्कने फोटो मुर्ति र बिभिन्न सामग्री हरु प्रदर्शनमा राखेका थिए साथै डाक्टरहरु द्वारा निशुल्क स्वास्थ्य परिक्षण, बैंकिंग सेवा र परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
सोहि अबशर पारेर भाग्यशाली चिट्ठा पनि खोलिएको थियो । जस अन्तर्गत नेपालीहरुले एल.जी. टिभी, माइक्रोओबन, राईसकुकर, लगाएत बिभिन्न घरायसी सामान प्राप्त गर्न सफल भएको थियो । साथै उपस्थित सम्पूर्णलाई उपहार प्रदान गरिएको थियो ।
अहिले विश्वमा बढ्दै गएको आशान्ति लाई शान्तिको संदेश फैलाउन, बिभिन्न देशमा भएको भएको कला,संस्कृति र बुद्धको पहिचान झल्किने ज्ञान लाई एक अर्कोमा आदान प्रदान गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको बौद्ध परिवार द. कोरियाका अध्यक्ष ईश्वर गुरुङ्गले बताए ।
अध्यक्ष ईश्वर गुरुङ, महासचिब प्रितम गुरुङ, जनजाती महासंघ द. कोरियाका अध्यक्ष चित्र ब. मोक्तान, भलिबल संयोजक कृष्ण गुरुङ “ब्रो” लगाएत करिब ७५ जनाको हाराहारीमा नेपालीहरुको उपस्थिति रहेको थियो साथै दोन्गदेमून बाट २ वोटा बसको ब्यबस्था समेत गरिएको थियो ।
नेपालको प्रतिनिधित्व गर्दै बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङ्गले उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ब्यक्त गरे ।