नेपाल मगर संघ कोरियाले नेपाली कथानक चलचित्र “परदेशी” प्रदशन गर्ने
सुब्बा राना मगर
सोल – नेपाल मगर संघ दक्षिण कोरियाले शुभ दिपावलीको अवसरमा आगामी नोभेम्बर २२ तारिखका दिन दोङदेमुनमा नोभेम्बर २८ तारिखमा किम्हे/ बुशान क्षेत्रमा मौलिक नेपाली कथानक चलचित्र “परदेशी” प्रदर्शन गर्ने भएको छ |
उक्त चलचित्र प्रदशनको साथमा चलचित्र “परदेशी”का निर्माता तथा निर्देशक, बहु-प्रतिभाशाली कलाकार,गायक,संगीतकार नारायण रायमाझीले आफ्ना चर्चित गीतहरु स्थानीय लाइभ बाधबादनको साथमा गाउनेछन |
गोरखा पल्टनको आपर सफलता पछि दोस्रो सौगात स्वरूप निर्माता राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानीमा चलचित्र “परदेशी” निर्माण भएको हो | नारायण रायमाझीको निर्देशन रहेको चलचित्र “परदेशी” भर्खरै मात्र नेपालमा रिलिज भएको हो | फिल्म राजधानीका हलहरु र मोफसलका हलहरुमा हाउसफूलका साथ पर्दर्शन भइरहेको छ |
फिल्ममा आफ्नो बाध्यताले प्रदेशीयका युवाहरुका दु:ख कष्ट मौलिक रुपमा यथार्थ चित्रण गरिएको छ |प्रशान्त तामाङ ,रजनी केसी , केशब भट्टराई, शेर बहादुर गुरुङ् , मन्जु श्रेष्ठ, गीरीप्रसाद पुन लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ l
पुनश्च – फिल्म प्रदशनको दिन कुनै पनि संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिनको निम्ति संस्थाले आग्रह गरेको छ |
थप जानकारीको लागी :-
खड्ग थापा मागर- 010 2158 2398
हिक्मत पुलामी मगर – 010 2747 6329
बिक्रम राना – 010 6712 0544
सुब्बा राना मगर – 010 4375 0593
झक थापा मगर – 010 5954 2382
हेम थापा मगर- 010 2506 5681
होबिर थापा मगर -101 9138 8225
दिपक पुन – 010 4266 2281
राजकुमार आले – किम्हे/बुसान 010 6601 2906