पुर्नमिलनका लागि माउन्टेन रिसोर्ट पुगेका कोरियनहरु आँशु पुछदैं फर्किए
सोल -उत्तर कोरियाको माउन्टेन रिसोर्ट पुगेका दक्षिण कोरियाका नागरिकहरु पुन आँशुको समुद्रमा डुब्दैं फर्किएका छन् ।दुई कोरियाले पारिवारिक पुर्नमिलन कार्यक्रम अन्र्तगत उत्तर कोरिया र दक्षिण कोरिया आफन्त परिवारजन बीच छोटो समयको लागि भेटघाटको व्यवस्था मिलाईएको थियो ।सिमा सुरक्षा व्यवस्था अत्यन्त कडा भएको हुनाका साथैं दुई देशमा छुटेर रहेका आफन्तलाई फोन समेत गर्न अनुमति छैंन् ।
मंगलबारबाट शुरु भएको पुर्नमिलन कार्यक्रममा सयौंले आफन्तजनलाई कयौं बर्षपछि भेटने सुअवसर प्राप्त गरेका थिए ।अर्का चरणको पुर्नमिलन कार्यक्रममा २५० जना भन्दा बढी ९० परिवारका दक्षिण कोरियन नागरिकहरुले उत्तर कोरियन नागरिक आफन्तहरुसंग भेटने मौंका शनिबारदेखि मंगलबारसम्मको दोस्रो चरणको पुर्नमिलनमा प्राप्त गर्दैछन् ।सन २०००मा पहिलो चोटी दुई कोरियामा छुटेर रहेका परिवारले भेटघाटको अवसर पाएका थिए ।सन १९५० देखि ५३ बीचको कोरिया प्रायद्धीपमा भएको युद्धले कयौं कोरियन परिवारहरु छुटेका थिए ।
करिब १ लाख ३० हजार दक्षिण कोरियन नागरिकले आफनो आफन्त उत्तर कोरियामा रहेको सरकारमा दर्ता गरेको तथ्यांकमा उल्लेख छ ।आधा भन्दा बढीको मृत्यु भैसकेको छ भने ६६ हजार परिवारका सदस्यहरु पर्खाइमा रहेका छन् ।हालसम्म ७ पटक भिडियोबाट दुई कोरियाका परिवारबीच पुर्नमिलन गराइएको थियो ।