आइएसआइएसले सोलमा बम बिस्फोट गराउने धम्की दियो
सोल – खुंखार आतंकवादी संस्था इस्लामिक स्टेट ऑफ इराक एंड सीरियाले दक्षिण कोरियाको राजधानी सोलको एक सपिङ्ग स्टोरमा बम बिस्फोट गराउने धम्की दिएको कोरियन प्रहरीले दावी गरेको छ |
प्रहरीका अनुसार एक अज्ञात समुहले सामाजिक संजालमा पोस्ट गर्दै COEX गाङ्गनामको सपिङ्ग मलमा बिस्फोट गराउने जनाएको थियो |
यो गोप्य सुचना विदेशी मामिला मंत्रालयलाई उद्धृत गर्दै राष्ट्रीय गुप्तचर सेवाको माध्यम प्राप्त भएको थियो।
आईतबार बिस्फोट गराउने योजना बनाइएको पनि बताईन्छ | प्रहरीले संदिग्ध क्षेत्रमा सुरक्षा बढाएको छ |