मर्सबाट कोरियामा आईतबार १ को मृत्यु, मर्नेको संख्या ३७
सोल-दक्षिण कोरियामा आईतबार १ जना मर्सका बिरामीको मृत्युभएसंगैं हालसम्म मिडल ईस्ट रेस्पिरेटरी सिन्ड्रोमबाट मर्नेको संख्या ३७ जना पुगेको छ ।
कोरियाको एक आधिकारिक स्रोतले बताए अनुसार ती बिरामीको आईतबार बिहान १ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।दक्षिण कोरियामा पहिलोपटक मे २० मा देखा परेको मर्स निर्मुल भएको घोषणा गरिएयता जुलाई १० पछि मर्सबाट मृत्युभएको यो पहिलो हो ।
ती व्यक्तिलाई पहिले नैं मर्स लागेको हुनाले फोक्सो ट्रान्सपाल्न्ट गरिएको तर पुर्णरुपमा निको हुन नसेको अस्पताल स्रोतले जनाएको छ । दक्षिण कोरियामा भाईल रोगको रुपमा फैंलिएको मर्स संक्रमित १८६ जना मध्ये ३७ जनाको गईसकेको छ ।अझैं एकजना ३५ बर्षीय बिरामी मर्स संक्रमित रहेको योन्हाप समाचार एजेन्सीले बताएको छ ।सेप्टेम्बर ३० मा मर्स नेगेटिभ पाइएका ती बिरामीलाई अक्टोबर १ मा भने पोजिटिभ पाइएको थियो ।
हालसम्म यो रोगको कुनैं उपचार औंषधी पता नलागेको श्वासप्रश्वाससंबन्धीको रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा फेला परेको थियो ।