ख्वांगजु माइग्रेन्ट सेन्टरमा दशैँ मनाइयो
सोल-ख्यंगीदो ख्वांगजुस्थित माइग्रेन्ट सेन्टरमा नेपालीहरुले आज भव्य तरिकाले दशैँ मनाए | दशैँको मुख्य आकर्षण टिका, जमरा र सामुहिक भोज रहेको थियो | सेन्टरका प्रमुख कोरियन नागरिक किम यंमीद्वारा नेपालीहरुलाई टिका लगाई जमरा सहित आशिर्वाद प्रदान गरिएको थियो |
आफ्नो नेपाली सास्कृतिक चाड प्रवासमा पनि यसरी हर्ष उल्लास पुर्वक मनाउनु पाउदा सहभागीहरु खुशी देखिन्थे |काम छोडेर कामको खोजिमा रहेको विदेशी नागरिकहरुलाई सेन्टरले निशुल्क खान बस्न समेत प्रदान गर्दै आइरहेको छ |साथै विभिन्न समस्यामा परेका मजदुरहरुलाई सेन्टर प्रमुख यंमीबाट समस्याको प्रकृति अनुसार तलव,विमा,उपचार लगायतका विषयहरुमा आवश्यक परामर्श तथा पहल गरि सहयोग पुर्याउदै आइरहेका छन |
विगत पाच वर्षदेखि लगातार यसरी सामुहिक रुपमा दशैँ मनाउदै आइरहेको भाषा अनुवादक जितेन्द बानियाले जानकारी दिए | कार्यक्रममा यंगीन,इछन तथा ख्वांगजु आसपासका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो |