१० महिना लगाएर कोरियामा पुर्ननिर्मित बुद्धको पेन्टिंग अमेरिका फर्काइने
सोल -दक्षिण कोरियाको राजा जोसन (१३९२ -१९१०) को पाला देखिको बुद्धको पेन्टिंगहरु राजधानी शहरबाट करिब ४५ किलोमिटर दक्षिणमा पर्ने योंगईन शहरमा पुर्नस्थिापित गरिनुका साथैं एउटा बुद्धको पेन्टिंग भने अमेरिका फर्काइने भएको छ ।
कोरियन अनसन्धानकर्ताहरुले जनाए अनुसार आगामी हप्ता सो पेन्टिंग अमेरिकी संग्राहलय सिटल पठाईने भएको हो ।सो पेन्टिंग १८ औं वा १९ औं शताब्दीमा बनाईएको हुन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।सन २०१४को डिसेम्बरमा सिटल संग्राहलयमा जीर्ण अवस्थामा भेटिएको थियो ।
हालसम्म सो पेन्टिंग कसले बनाएका हुन खुल्न आएको छैंन् ।दश महिना लगाएर पुर्ननिर्माण गरिएको सो चित्र १५६ सेन्टिमिटर चौंडाइ र २१७ सेन्टीमिटर लम्बाइ रहेको छ । योगंईन विश्वविधालयले जनाए अनुसार सम्पुर्ण काम सकिएको हुनाले अमेरिका फर्काउन लागेको बताएको छ ।
योंगईन विश्वविधालयका सांकृतिक संर्वद्धन संरक्षण प्रोफेसर पार्क जीसन भन्छन् ,”जब पहिलो चोटी यो चित्रलाई देखे त्यतिबेला धेरैं नैं मर्मत गर्नुपर्ने पाए ।सकेसम्म हामीले स्थानीय सामाग्रीको प्रयोग गरेर पुर्ननिर्माण गरेका छौं ।”
उक्त पेन्टिंग आगामी बिहिबार ग्लोबल सेन्टर सोलमा प्रर्दशन गरिनेछ ।