तमु धीँको ‘रोधीँ सांगीतिक सौगात भाग–३’ समिक्षा एवं ७औं अधिवेशन तयारी
सोल कोरिया
तमु धीँ दक्षिण कोरियाले गएको छुसकमा सम्पन्न ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ समिक्षा एवं ७औं अधिवेशनको तयारी कार्यक्रम आयोजना गर्ने भएको छ ।
अगामी नोभेम्बर ८ तारिक आईतबारका दिन सोलको दोङ्देमुन स्थित नेपाल हाउसमा दिनको १२ बजे कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको संस्थाका अध्यक्ष सुरज गुरुङ्ले जानकारी दिए ।
कार्यक्रममा ‘रोधी सांगीतिक सौगात भाग–३, कर्म ब्याण्ड लाईभ कन्सर्ट’ मा भएका सबलपक्ष र कमिकम्जोरी बारे समिक्षा गरिने बताईएको छ ।
त्यस्तै कार्यक्रममा रोधी सांगीतिक सौगातमा भएका आयव्याय सम्बन्धी जानकारी समेत सहभागीहरुलाई गराईने अध्यक्ष गुरुङ्ले जानकारी दिए ।
सो अवसरमा अगामी नोभेम्बर २२ गते हुने संस्थाको ७औं अधिवेशन बारे समेत छलफल गरिने बताईएको छ ।
विश्वभरका तमुहरुलाई एकता गर्ने उद्देश्य सहित सन १९९९ सयमा तमु प्रचार प्रसार समिति नामले सुरु भएको ‘तमु धीँ दक्षिण कोरिया’ हालसम्म विभिन्न सामाजिक सेवाहरु गर्दै आईरहेको छ ।