क्रिस्टीना टिमोथीको बाचा (कथा)
एकनासले बज्दै गरेको फोनको घण्टी ढिलो गरी उठाए । विभागबाट महानिर्देशकज्युको पिएको फोन रहेछ । सर डिजी साहब हजुरसंग कुरा गर्ने रे, उताबाट पिएको आवाज आयो । एक छिनपछि उताबाट महानिर्देशकको गम्भिर आवाज सुनियो । गुरुङजी तपाईको सहयोग चाहियो । मेरो एक जना ब्रिटिश साथीकी छोरी नेपाल आउदै छे । नेपाली जनजाति गुरुङ जातिको बारेमा थेसिस लेख्ने निधो गरेकी रहिछ । उसलाई गुरुङ बहुल्य गाउंमा लैजानु पर्यो । कहां ठीक होला ? घान्दुक ठीक हुन्छ सर , मैले भने । ल उसो भए म तपाईको काज सरुवा पोखरा क्षेत्रिय निर्देशनालायमा गरी दिन्छु । तलब भत्ता लगायतअन्य सबै सुविधा पाउनु हुन्छ, छ महिना जति लाग्ला । महिना महिनामा पोखरामा हाजिर गर्नु होला । पर्सि नै काठमाण्डू आई हाल्नुस, म निर्णय गरेर अहिल्यै पत्र पठाई दिन्छु । एकै सासमा सबै भनि सकेपछि उता फोन राखियो । नभन्दै एक घण्टा भित्रै पत्र पनि फ्याक्सबाटआई पुग्यो । पर्सि नै रमाना हुने भए । कार्यालय प्रमुखलाई पनि महानिर्देशकको फोन आएको हुनाले वहांले लेखा तथा प्रशासन शाखालाई मेरो सम्पूर्ण कागजात तयार पार्न जानकारी गराउनु भयो ।
पर्सी पल्ट ललितपुरको एउटा होटलमा पुग्दा महानिर्देशक, वहांको बेलायती मित्र तथा मसंग जाने ती मित्रको छोरी क्रिस्टिना मलाई नै पर्खी बसेका थिए । निकै लामो भलाकुसारी पछि म र क्रिस्टिना पर्सी पल्ट कास्की जिल्लाको घान्दुक तर्फ जाने भयौ । घान्दुकमा म तथा क्रिस्टिना मेरो फुपुको घरमा बस्ने भयौ । पर्सीपल्ट हामी दुवै जना पोखरा पुग्यौ । एक दुई दिन पोखरामा भुल्ने हाम्रो योजना थियो । संगै एउटै होटलमा बस्यौ । ‘ओहो पोखरा त स्वर्ग जस्तो रहेछ है’ , उ उत्तेजित हुदै भन्थी । मैले क्षेत्रिय निर्देशनालयमा आफनो कागजात बुझाए र दुईदिन जति पोखरामा किनमेल गर्यौं र लाग्यौ घान्दुक ।
नाम:- क्रिस्टिना टिमोथी,
उमेर २१ बर्ष,
उचाई ५ फिट ८ ईन्च,
रंगः दुध जस्ती गोरी, खैरो ब्वायकट कपाल, उन्नत शरीर ।
सांच्चै आर्कषक थिई क्रिस्टिना । युवा अवस्थामा विपरित लिङ्गप्रतिको आर्कषण स्वाभाविक हो तर क्रिस्टिनाको शारीरिक बनावट कुनै पनि पुरुषलाई उत्तेजित बनाउन पर्याप्त थियो । मानवशास्त्रमा स्नातक पढ्दै गरेकी उसलाई थेसिस लेख्नुपर्ने भयो र उसले रोजिकि रहिछे नेपालका गुरुङ जाति । पोखरामा दुई दिन भुलेपछि हामी लाग्यौ घान्दुक तिर । एक दिन बाटोमा बास बसेपछि भोलि पल्ट सांझपख फुपु, पुसईको घर पुग्यौ । केही उच्च स्थानमा रहेको त्यो गाउं सांच्चै नै प्रकृतिको काखमा रहेको थियो । कल कल बग्ने झरना , स साना खोल्सा तथा माथि हरियो वन । फुपुर पुसई लाई मैले अघि नै खबर गरेको थिए । हामी पुग्दा सांझको करीब ८ बजेको थियो । मलाई तलतिर नै तथा क्रिस्टिनालाई माथि आटीको कोठामा बस्ने व्यवस्था गरिएको रहेछ । धेरै बर्ष पछि फुपुको घर पुग्दा मलाई मेरो बाल्यकाल याद आयो ।
भोलि पल्टैबाट हामी आफनो काममा लाग्यौ । कही कतै कुनै विवाह, मृत्यु वा जन्म संस्कारका जानकारी पाउना साथ म र किस्टिना पुगी हाल्थ्यौ । हातमा क्यामेरा र डायरी लिएर क्रिस्टिना फोटो खिच्न र विवरण संकलन गर्थी । म उसलाई भाषा अनुवाद गर्थे । दिनहरु बित्दै गए, विस्तारै विस्तारै क्रिस्टिना गुरुङ भाषा बोल्न तथा गुरुङ भेष भूषा लगाउन समेत अभ्यस्त भई सकेको थिई । जसै दिनहरु बित्दै गए, मैरो र क्रिस्टिनाको सामिप्यता गाउं घरमा चर्चाको बिषय हुदै गयो ।
एक दिन मलाई फुपुले सोध्नु भयो , हैन यो कुईरेनीलाई तैले बिहे गर्ने त होइन ? शंका गर्नु स्वाभाविक नै थियो । तर हाम्रो बिचमा आर्कषणको बिरुवा टुसाए पनि हामी अझै निकै टाढा थियौ । एउटा तगारो थियो हामी बिच । उ चाहन्थी म पनि उ जस्तै शाकाहारी बनु तथा मद्यपान त्यागु । म जातिय गुणको कारणले नै गर्दा हो कि सांझ परेपछि यसो कोदोको घरपाला चाख्ने गर्थे, जुन उसलाई असहय थियो । शायद यही कारण थियो म उसको नजिक हुंदा हुंदै पनि केही टाढा थिए । धेरै पटकको प्रयास पछि एक दिन मैले भने ‘क्रिस्टिना म तिमीलाई प्रेम गर्छु |’ क्रिस्टिनाले भनि अनिल म पनि तिमीलाई माया गर्छु तर म, एक यस्तो व्यक्ति जो मद्यपान गर्छ र मांसाहारी पनि छ ,त्यस्तो व्यक्तिसंग नजिक हुन सक्दिन । तिमी मलाई प्राप्त गर्न चाहान्छौ भने, शाकाहारी बन्नु पर्छ र साथै मद्यपान पनि त्याग्नु पर्छ ।
निकै गाह्रो बिषय थियो मेरो लागि । मन धरमर हुन्थ्यो । केही दिन यस्तै दोधारमा बिते । एक दिन बिहानीपखको समय । फुपु तथा पुसई संखारै पल्लो गाउंमा जानु भएको थियो । उठेर यसो क्रिस्टिनाको कोठामा चियाए । उ थिईन, कता गईछ ? तल झरेर हेरे । क्रिस्टिना ढुंगे धारामा नुहांउदै थिई । एक छिनमै उ शरीरलाई ठूलो टावलले बेरेर भित्र आई पुगी । म उसलाई हेरे को हेरै भए । मानौ ईश्वरले निकै फुर्सदमा बनाउनु भएको थियो । म टक अडेर उसलाई एक टक लागेर हेरी रहे ।
गोरो शरीर , उन्नत् वक्षस्थल, लामा सुडौल पिडौला । मैले भने क्रिस्टिना म बाचा गर्छु कि म आजबाट शाकाहारी हुन्छु , म मद्यपान कदाचित गर्ने छैन् । मलाई अंगालोमा बाँध |’ मेरो आंखाबाट आसु बगीरहेको थियो । म थर थर कापी रहेको थिए । क्रिस्टिनाले मलाई अंगालो मारी, च्वाप्प ओठमा म्वाई खाई । भावनाको तरंगमा बग्दा बग्दै हामी कोठा भित्र मानबीय सागरको पोखरीमा खेल्न पुग्यौं ।
दिनहरु बित्दै गए । प्रेमका पलहरु अलि छोटा हुन्छन् । समय कतिखेर कहां पुग्छ भन्न सकिन्न् । एकदिन म सांझपख फर्किदा क्रिस्टिनालाई भेटिन । भित्र उसको कोठमा गएर हेरेको पल्टेर बसेकी रहिछ । के भयो तिमीलाई ? मैले सोधे । म यो देखि ‘पर’ सरेकी छैन । म झसंग भए । हिड भोलि पोखरा जांउ र जचाउं, मैले भने । भोलि बिहानै हामी पोखरा तर्फ हानियौं । दिउंसो एउटा नर्सिंङ होममा गएर चिकित्सकलाई भेट्यौ । युरिन टेस्ट गर्न भनियो । युरिन टेस्टको रिर्पोट आधा घण्टामा आई पुग्यौ । क्रिस्टिना गर्भवती भएकी रहिछ ।
मलाई आफूले ठूलो भूल गरे जस्तो लाग्यो । क्रिस्टिनाले तुरुन्तै बेलायत सम्पर्क गरी । उताबाट तुरुन्तै फर्किन भनियो । काठमाण्डौस्थित दुतावासले टिकटको बन्दोबस्त मिलाई दियो । क्रिस्टिना पर्सी पल्टै स्वदेश फर्किने भई । म उसलाई पु¥याउन काठमाण्डौ पुगे । एयरपोर्टमा भित्र छिर्नु अघि उसले मलाई अंगालो हालेर रुन थाली । मेरा पनि आंखा रसाए । ‘म एबोर्सन गर्छु’ उसले भनि । म केही बोलिन । एउटा बाचा गर, उसले रुदै भनि । कि तिमी अब जिवनमा कहिल्यै पनि पुन मद्यपान गर्ने छैनौ, शाकाहारी नै रहने छौ । मैले उसलाई अंगालो हालेर भने ‘क्रिस्टिना तिम्रो बाचा भुलेको दिन मेरो अन्तिम दिन हुनेछ, तिम्रो बाचा मेरो जिवनको बाच्ने आधार हो ।’ हामी दुई निकै बेर अगालो हालेर रुदै थियौ । दुतावासको कर्मचारीले हवाईजहाजको समय हुन लागेको संकेत गर्यो । उ भित्र पसी । निकै बेर बाहिर बसें । केहीबेर पछि थाई एयरवेजको जाहाज उडेर आकाशमा बिलिन भयो |