दक्षिण कोरियाले २० हजार सैंनिक थप गर्ने
सोल -दक्षिण कोरिया सरकारले आगामी २ बर्षभित्रमा २० हजार सैंनिक थप गर्ने भएको छ ।मंगलबार कोरिया सरकारले सो सहमति गरेको हो ।
कोरिया सरकारले थप गर्न लागेको सेनाको लागि ५ करोड ३० लाख अमेरिकी डलर खर्चिने भएको छ ।दश हजार सेना २०१६ मा थपिनेछन् भने बाँकी दश हजार २०१७ सालमा थप गरिने भएका छन् ।
कोरिया हेराल्डले जनाए अनुसार कोरियामा बेरोजगारको संख्या बढेकोले युवाहरुलाई सेनामा भर्ना खोलिएको दाबी गरेको छ ।करिब ५२ हजार युवाहरु आफनो सैंन्य सेवाको लागि पर्खाइमा रहेको सैंन्य प्रमुखले बताए ।
दक्षिण कोरिया युवाहरुले कम्तीमा २ बर्षको सैंनिक तालिम लिएको हुनुपर्छ ।