डण्डीफोरले चिन्तित हुनुहुन्छ भने अपनाउनुस यी ७ घरेलु टिप्स


 

१. अनुहार धुनुहोस्ः अनुहारमा डन्डीफोर वा पिम्पल कत्ति पनि हुनु भनेको सबै युवावस्थामा टेकेकाहरुलाई चिन्ताजनकको विषय हुनसक्छ । अनुहारमा पिम्पल नआउनको लागि दिनमा कमसेकम ३-४ पटक आफ्नो अनुहार धुने बानी बसाल्नुपर्छ । यो जरुरी छैन कि तपाई हरेक पटक फेस वासले मात्र आफनो अनुहार धुनुहोस् । तपाई केवल सादा चिसो पानीले पनि अनुहार धुन सक्नुहुन्छ । यसले तपाईको अनुहारमा आउने चिल्लो पदार्थ ओयल जम्न पाउदैन र अनुहार सफा रहन्छ साथै पिम्पल आउनबाट रोक्छ ।

 

 

२. पिम्पल ननिचोर्नुहोस्: अनुहारमा सानोतिनो पिम्पल आइहाल्यो भने पनि हामी त्यसलाई निचोर्ने गर्छौ जुन एकदम सरासर गलत कार्य हो । अनुहारमा पिम्पल आइहाल्यो भने पनि त्यसलाई कहिल्यै पनि ननिचोर्नुहोस् । पिम्पल निचोर्नाले उसको छेउछाउमा पिम्पल हुनुको सम्भावना अझ बढ्ने गर्छ । यदि हुन सक्छ भने तपाईले पिम्पललाई छुन पनि नछुनुहोस् । त्यो पिम्पललाई जति छोयो , उति बढ्न सक्छ र तपाइको हातबाट संक्रमण हुन सक्ने भएकोले अनुहारको सुन्दरतालाई कम गरिरहेको हुन्छ ।

 

 

३. नीम फेस पैकः अनुहारमा पिम्पल आइसकेको छ भने घरेलु उपायमा जोड दिन सबैभन्दा राम्रो हुन्छ । पिम्पल ठीक गर्नको लागि अनुहारमा नीमको फेस पैक पनि लगाउन सक्नु हुन्छ । ताजा नीमको पातहरु र चन्दन पाउडरको लेप बनाउनुहोस् । यसलाई अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुहोस् र फेरी अनुहार चिसो पानीले धुनुहोस् । यस्तो गर्नाले तपाईको अनुहारमा चमक आउनुको साथै पिम्पललाई थप हौसिनबाट जोगाउँछ ।

 

 

४. चन्दन पाउडरः तपाईलाई पिम्पल आउने समस्या आइरहेको छ भने अर्को उपाय भनेको चन्दन पाउडरमा गुलाब जल वा पानी मिसाएर अनुहारमा लगाउनुहोस् र केही समयपछि चिसो पानीले धुनुहोस् । यसले अनुहारमा चिसोपना रहन्छ र जलन कम गर्छ ।

 

 

५. गुलाब जल: छाला पनि अनेक किसिमको हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै होला । यदि तपाईको छाला बढी चिल्लो (ओयलि) छ भने सुत्नुभन्दा पहिले अनुहार गुलाब जलले सफा गर्नुहोस् । राती सुत्नुभन्दा पहिले अनुहार धुन कहिल्यै नभुल्नुहोस् ।

 

 

६. अनुहार क्लीन राख्नुहोस्: कामकाजी मानिसहरुले प्रायः गरेर यस्तो समस्यामा पर्नुहुन्छ जो गर्मीको मौसममा बारम्बार पसिना आउनाले अनुहारमा धुलोमाटो जमिहाल्छ। कामकाजी मानिसहरु कामकाजको सिलसिलामा कहिले कता कहिले कता गइरहनु पर्ने हुनाले शहरबजारको धुलोमाटो अनुहारभरि टपक्क टाँसेको हुन्छ । जब तपाई बाहिर गएर आउनुहुन्छ भने अनुहार अवश्य सफा गर्नुहोस् ।

 

 

७. डाइट: पिम्पलबाट चिन्तित हुने मानिसहरुले आफ्नो खानपानमा केहि सुधार गर्नुपर्ने हुन्छ । अतः आफनो डाइटमा सुधार गर्नुहोस् । ओयली र जंक फूडहरुबाट टाढै रहनुहोस र फलफूल र हरियो तरकारी खाने बानी बसाल्नुतिर ध्यान दिनुहोस् । यति मात्र होइन, आफनो अनुहारको सुन्दरतामा निखार ल्याउन धेरैभन्दा धेरै पानी पिउनुहोस् । यसले शरिरको दुर्गन्ध बाहिर निकाल्ने काम पनि गर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँ” कोरियामा प्रदर्शन हुने, कुन शो कहाँ र कहिले हुँदैछ?
  • खोम गुरुङको शब्दमा पूर्वेली भाका “शितल छायाँमा” को भिडियो सार्वजनिक
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...