ईश्वर (कविता )
मान्छेहरु हिडदा हिड्दै बाटो बिराए पछि
आफु हराएको सुचना आफै निकालेर
जगत भरि हल्ला फिजाउछन
चेतनाहिन ढुङ्गा ढोग्दै
पाप पखालिएको भ्रममा पर्छन
र
आफुले आफैलाई
महान ईश्वरवादी घोषणा गर्दछन
मन्दिर बाहिर
दुई / चार पैसा दु:खीलाई दिदा
मान्छेहरु नास्तिकको आरोप लगाउछन
साँचो ईश्वर
कहाँ छ ?
मन्दिर भित्र
या
चोखो आत्मा भित्र ?