दक्षिण कोरियाबाट मगरात प्राप्तिको आन्दोलनलाई आर्थिक सहयोग
सोल – पहिचान सहितको मगरात स्वायत्त प्रदेश प्राप्तिको निम्ति र नयाँ जारि भएको संविधानको संघीय खाकामा मगरात भूमिलाई ४ प्रदेशतिर विभाजन गरेको विरोधमा नेपाल मगर संघ नेपाल र, नेपाल मगरात स्वायत्त संघर्ष समिति नेपालले विभिन्न चरणको आन्दोलन तथा संघर्ष गर्दै आएको छ।
उक्त आन्दोलनलाई थप उचाइमा पुर्याउन सकोस् भन्ने हेतुले नेपाल मगरात संघर्ष समिति दक्षिण कोरियाले संचालन गरेको पहिलो चरणको आर्थिक सहयोग संकलन यहि मिति २०७२-०६-१८ गते नेपाल नेपाल मगर संघ केन्द्रिय समिति कलंकी काठमाण्डौलाइ रु.६५०००/- (अक्षय रुपीया पैंसट्ठी हजार मात्र) हस्तान्तरण गरेको छ।
नेपाल मगरात संघर्ष समितिले दक्षिण कोरियाले संचलान गरेको पहिलो चरणको उक्त आर्थिक सहयोग संकलनमा हृदय देखिनै सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै संस्थाले निरन्तर मगरात प्राप्तिको निम्ति संघर्षमा रहने जनाउदै आर्थिक सहयोग संकलन अभियान जारी रहने जानकारी पनि गराएको छ |