कोरियामा कलाकार बाबु साईलाको ‘बग्ने आँशु’को विमोचन
सोल –आईतबारको दिन दक्षिण कोरियाका राजधानी सोल नजिकैं रहेको तुंगदेमुनमा प्राय नेपाली भेटिन्छन् ।नेपाली होटेल रेष्ट्रोरेण्टमा प्रायजसो सोजु वा मेक्छुमा रमाउदैं गरेका युवाहरुको जमात भेटिन्छन्,लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बारमा भने फरक दृश्य देखियो । युवाहरु जम्मा हुंदैं थिए कोही लक्ष्मी रेष्ट्रोरेण्ट एण्ड बार दाँयापट्टि भित्ता भरि झुन्डयाइएका नेपाली संस्कृति परम्परा भेषभुषा र हिमालका सुन्दर चित्रकलामा नजर घुमाईरहेका थिए । ती युवाहरुको भीडमा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा पनि निक्कैं मज्जाले क्यानभासमा एकोहोरो हेरीरहेका थिए ।
केहीछिनपछि शुरु भयो बाबु साईलाको ‘बग्ने आंशु’को विमोचनको औंपचारिक कार्यक्रम ।मेघप्रसाद वाईबाले कार्यक्रमको सञ्चालन गर्दैं कार्यक्रमलाई अघि बढाए ।विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको समउपस्थितिमा राजदुत लामाले पानसमा बत्ती बालेर समुदघाटन गरे । त्यसपछि ललितकला मञ्च दक्षिण कोरिया शाखाका संयोजक उमेश लिम्बुले स्वागत मन्त्वय दिए ।
कलाकार बाब साईलाको छोटो जीवनी समेटेर अनलाईन वेभ टिभिले निर्माण गरेको बायोग्राफी प्रस्तुत गरिएको थियो भने त्यसको लगतैं बाबु साईलाको बग्ने आंशु एल्बममा समेटिएको ‘बग्ने आंशु’ शीर्ष बोल रहेको गजलको म्युजिक भिडियो सार्वजनिक भयो ।सो म्युजिक भिडियो प्रस्तुत भैंरहदा दर्शकदिर्घामा भने भावुकता छाएको थियो । प्रेममा धोका खाएको पिडालाई भुलाउन रक्सी सहारा लिई बाँचाीरहेको देखाउन खोजिएको छ म्युजिक भिडियोमा ।
त्यसपछि अनलाइन वेभ टिभिका प्रमुख तथा फोनिज कोरियाका सहसम्पादक ऐश्वर्य श्रेष्ठले शुभकामना सन्देश दिदैं भने ‘आगामी दिनमा कलाकार बाबु साईला कला र साहित्यमा उतिकैं खारिएर अघि बढून् ।’ बाबु साईलाको कलामा जसरी मानवीय संवेदना छरिएको छ त्यसरी नैं शब्दमा मानवीय पिडालाई उतारेको टिप्पणी गरेका थिए ।
त्यस लगतैं महामहिम राजदुत कमानसिंह लामाले साईलाको कलाकारिता आफुले यस अघि पनि नियाल्ने मौंका पाएका र यस पटक भने गीतकार रुपमा उनलाई पाउदा हाम्रा कला र साहित्यले कलाकार सात्यिकारसंगैं अन्तराष्ट्रियस्तर पुग्न थालेको बताए ।त्यसैंगरी एनआर एन अध्यक्ष राजु क्षेत्री,एनसिसि उपाध्यक्ष जीत गुरुंग लगायतले बग्ने आंशु एल्बमको सफलताको शुभकामना दिएका थिए ।
जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तानले व्यंग्य पारामा भने ‘यो गीतमा बाबु साईलाले धोका खाएको देखिन्छ ।’जे होस बाबु साईला कला र साहित्यमा उतिकैं जम्न सक्ने रहेछन् ,उनको भनाइ थियो ।
सो म्युजिक भिडियो सार्वजनिक समारोहमा नेपालका विभिन्न कलाकार लगायत कोरियामा रहेका बाबु साईला र उमेश लिम्बूको चित्रकला प्रर्दशन गरिएको थियो ।