मोक्पो चौतारी नेपालको दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
नोभेम्बर १ तारिकमा कोरियाको विकट मानिने छल्लानाम्दोको मोक्पो सहरमा सम्पन्न सुभ बिजया दशमी तथा दिपावलीको अबसरमा आयोजित सुभ बिजया दसमी तथा दिपाबलीको शुभकामना आदान प्रदान, सांस्कृतिक तथा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली राजदूताबास कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आथीत्य र आप्रवासी मजदुर संगठन कोरियाका अध्यक्ष उदय राईको विशेष आथीत्य तथा संस्थाका अध्यक्ष रोशन कुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव अरुण सेजवाल र संस्था खेलकुद सम्योजक बिक्रम गुरुङले सन्चालन गर्नुभयको थियो ।
साथै उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनिल गुरुङले मोक्पो चौतारी छल्लानाम्दो हुँदै कोरियादेखि नेपालसम्म गरेको कामको प्रशंसा गर्नुभएको थियो भने विशेष अतिथि उदय राईले आफू सधैं कामदारको हकहितको लागि लाडाइ लडिरहेको बताउनुभयो । कार्यक्रममा करिब ३५० जनाको सहभागीता रहेको थियोे।
संस्थाले उक्त कार्यक्रममा आफुलाई सहयोग गर्नुहुने सदस्यहरुलाई सम्मान पनि गरेको थियो भने मोक्पो चौतारीको गहना मानिने खेलाडीहरुले खेल खेली रमाइलो गरेका थिए भने र सास्कृतिक कार्यक्रममा दाबा लामा , मुकुन्द पौडेल , प्रकाश कार्की , चिरित्र बिष्ट लगायतकाले आफ्नो प्रस्तुती देखाएका थिए ।