सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने


काठमाडौं-भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारले दीर्घकालीन रुपमा जलविद्युत् क्षेत्रको विकास गर्ने रणनीति अख्तियार गर्ने भएको छ । मुलुकलाई इन्धनका आत्मनिर्भर बनाउन र वैदेशिक व्यापार घाटा कम गर्न जलविद्युत्भन्दा अर्को कुनै उपाय नभएको भन्दै सरकारले ठूला र महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको हो ।

जलाशययुक्त र ठूला आयोजना भएको भए खाना पकाउने एलपी ग्यासको विकल्पसमेत हुने र ठूलो परिमाणको रकम विदेशिनबाट जोगिने भन्दै सरकारले महत्वपूर्ण आयोजनामा जोड दिन लागेको हो ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जस्ता जलाशययुक्त आयोजना अगाडि बढाउने योजनामा सरकार रहेको उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको भनाइ छ ।

 

सरकारको स्वामित्वमा रहेको जलविद्युत् लगानी तथा विकास कम्पनीले रु दुई अर्बको साधारण सेयर जारी गर्दा रु ३५ अर्बभन्दा बढीको आवेदन परेको अवस्थामा ठूला आयोजना अगाडि बढाउनका लागि राष्ट्रिय स्रोत नै पर्याप्त हुने चर्चा चल्न थालेको छ ।

 

जलविद्युत्मा लगानी गर्दा आफूले लगानी गरेको रकम खेर जान्न भन्ने मनोविज्ञान स्थापित भएको छ । “जलविद्युत् कम्पनीमा साधारण सेयरमा देखिएको उत्साह त्यसैको परिचय हो” उनले भने ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले नेपाल इन्धनमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न तयार छ र सरकारले विश्वासमा लिए एक हजार मेगावाटसम्म लगानी गर्न कुनै वैदेशिक स्रोत खोज्नु नपर्ने अवस्था देखिएको उनले बताए ।

 

उनलेसरकारले आँट्ने हो भने नेपाली लगानीमा नै एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताए ।

 

सरकारले आगामी एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन आयोजना मात्रै पूरा गर्ने हो भने एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सकिने बताउँदै आएका छन् ।

 

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री रायमाझी भन्न५न्, “नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करिब ५०० मेगावाट विद्युत् आयात गर्न सकिन्छ । मुलुकभित्रै हाल करिब ३०० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ ।”

 

मुलुकले करिब रु एक खर्ब ४० अर्ब जतिको इन्धन बर्सेनि आयात गर्दै आएको छ । त्यसमा रु ४० अर्ब जतिको त खाना पकाउने एलपी ग्यास मात्रै आयात हुने गरेको छ ।

 

भारतले अघोषितरुपमा नाकाबन्दी जारी राखेको अवस्थामा वैकल्पिक स्रोतको खोजी गर्ने क्रममा जलाशययुक्त आयोजना अगाडि बढाउनुपर्ने चेतना सरकार र सरोकारभएकाहरुमा विकास भएको छ ।

 

ऊर्जा विज्ञ एवम् पुल्चोक इन्ज्निियरिङ क्याम्पसका प्रा डा अमृतमान नकर्मीको विचारमा सरकारले तत्काल रु दुई खर्ब १० अर्ब मात्रै व्यवस्था गर्ने हो भने एक हजार ३०० मेगावाट विद्युत् आगामी पाँच वर्षभित्र उत्पादन गर्न सकिन्छ ।

 

बूढीगण्डकी जस्ता ठूला क्षमताका आयोजना अगाडि बढाउनका लागि स्वदेशी लगानी नै उपयुक्त भएको र मुलुक आफै सक्षमसमेत रहेको व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाको ठहर छ ।

 

“नागरिक लगानी कोषबाट ‘स्किम’ सञ्चालन गरी रु ७५ अर्बको जोहो गर्न सकिन्छ” उृनले भने । यस्तै नेपाल टेलिकमबाट रु ५० अर्ब, संस्थागत लगानीबाट रु २५ अर्ब, नेपाल सरकारले प्रतिवर्ष रु १२ अर्ब लगानी गरी रु ६० अर्ब, साधारण सेयर जारी गरी रु १० अर्ब, सार्वजनिक संस्थानबाट रु १५ अर्ब रकम तत्काल जोहो गर्न सकिने उनको दाबी छ ।

 

बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले रु दुई खर्ब ३० अर्ब जति रकम बूढीगण्डकी आयोजनामा खर्च हुने भएपनि एकैपटक त्यत्रो रकम आवश्यक नपर्ने भएकाले पाँच वर्षभित्र जोहो गर्दा पनि हुने बताए ।

 

उनले सो आयोजनाका लागि मुआब्जा वितरण र पूर्व तयारीको काम गर्न तत्काल रु २५ अर्ब जति रकम आवश्यक रहेको बताए ।

 

सरकारले सो परियोजनाका लागि चालु आवमा रु तीन अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रु एक करोड ९० लाख खर्च भएको छ । आयोजनाका लागि एक लाख तीन हजार हेक्टर जमिन खाली गर्नुपर्ने र ती क्षेत्र डुबानमा पर्ने भएकाले त्यसका लागि रु ५८ अर्ब रकम अन्तिमसम्म मुआब्जा दिनुपर्ने हुन्छ ।

 

तर रकम जोहो गर्न समस्या नभएको सभापति थापाको भनाइ छ । “नेपाल टेलिकमले मात्रै स्किम सञ्चालन गर्ने हो भने आगामी पाँच वर्षभित्र रु ५० अर्ब रकम उठाउन सकिन्छ ।”

 

सरकारले उक्त विषयलाई कति र कुन तहमा ध्यान दिन्छ भन्ने कुरा नै महत्वपूर्ण हुने धारणा राख्दै ऊर्जा क्षेत्रका जानकार नकर्मी भन्नछन्, “सरकार र नीति निर्माण तहमा रहनेले जिम्मेवारी बोध गरिदिए मात्रै हुन्छ । लगानी खोज्न कहीँ जानु पर्दैन र भारतले नाकाबन्दी गर्यो  भनेर दुःख मनाउ गर्नु पनि पर्दैन । मुलुकलाई आवश्यक पर्ने रकम नेपालभित्रै जुटाउन सकिन्छ ।-रासस

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...