कोरियामा परिक्षामा चीट चोर्नेको संख्या बढदो
सोल-अविकसित मुलुकमा परिक्षामा चीट चोर्ने घटनाहरु यदाकदा सुनिने गर्छ तर विकसितमुलुकमा पनि परिक्षामा चीट चोर्छन भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर दक्षिण कोरियाका कलेज अध्ययनरत विधार्थीहरुले चीट चोर्ने गरेको पाइएको छ ।चीट चोर्नेको संख्या चारबर्ष यता दोब्बर बढी भएको एक अध्ययनले देखाएको छ ।
कोरियन शिक्षा मन्त्रालयले मंगलबार जनाए अनुसार चीट चोर्दै गरेको अवस्थामा सन २०११ मा ९७ जना पक्राउ परेका थिए भने गत साल २०९ जना पक्राउ परेका थिए ।परिक्षाहलमा फोन लैंजान निषेध भएतापनि विधार्थीहरुले फोनको प्रयोग गरेर चीट चोर्ने गरेको पाइएको छ ।विभिन्न ईलेक्ट्रोनिक्स सामानको प्रयोग गरेर चीट चोर्नेको संख्या बढदैं गएको तथ्यांकमा उल्लेख छ ।
कोरियामा बिहिबार मात्र ६ लाख ३० हजारले कलेज प्रवेश परिक्षा दिएका छन् ।