अमेरिकामा नेपालीले दुई करोडको पसल जिते


 

वाशिंगटन डिसी—भर्जिनियामा बसोबास गर्दै आएका सलिल गौतमले झन्डै २ करोड (१ लाख ९० हजार डलर ) धनराशि बराबरको सेभेन-इलेवेन पसल प्राप्त गरेका छन्। आफ्ना परिवार तथा अन्य अतिथिहरुको उपस्थितिमा सलिलले उक्त सहुलियत पसल उद्घाटन गरे। अब पसलको व्यवस्थापन पूर्व अमेरिका सैनिक गैतमको हातमा अएको छ। उनी पूर्व अमेरिकी सैनिक हुन्।

 

 

उमुद्घाटन कार्यक्रममा बेलुन उडाउनुको साथै उपस्थित भएका समुदायका अभिभावक तथा बालबालिकाहरुलाई निशुल्क खानेकुरा बितरण गरिएको थियो। झन्डै १ दशकदेखि अमेरिका बस्दै आएका गौतम साढे चार बर्ष अमेरिकन सेनाको तर्फबाट ईराक र अफगानिस्थानमा समेत सेवा गरेका थिए। नेपालमा उनकाे घर झापा हो।

 

 

पसल जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै सेसापिक शहरमा परिवार सहित बसोबास गर्ने भएकोले नरफोक शहर नजिक र पायकपर्ने बताउँदै उनले याे स्थान छनौट गरेको बताए।

अमेरिकाको सेवेन-ईलेवेन सहुलियत पसलले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेन्चाइज स्टोर्स प्रतिस्पर्धामा सामाजिक संजाल फेसबुक अन्तर्गत भएको प्रतिस्पर्धामा गौतम उत्कृष्ट ३ प्रतियोगीमा पर्न सफल भएका थिए।

 

 

उक्त रकम नगद नभएर पसल स्वामित्व हुने नियमअनुसार उनले पसल पाएका हुन्। पसलको स्वामित्व हस्तान्तरण हुनु अगाडि लाग्ने प्रारम्भिक स्वामित्व शुल्क सेवेन-एलेवेनलाई तिर्नु पर्ने रकम भएको बताउँदै अन्य कुराहरुमा पसल लिने धनीले लगानी गर्नु पर्ने गौतमले बताए।

 

 

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्वका ४० वटा भन्दा बढी देशहरुमा सहुलियत पसलहरु सञ्चालनमा रहेका छन्। अमेरिकामा ग्यास स्टेसन विशेष रूपमा सञ्चालित छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...