फूलहरु फुल्दैंनन् मेरो लागि
चारैंतीर फूलहरु फुलेको देख्दा कसलाई पो रमाईलो तिहारको याद नआउला र ।देउसी,भैंलो अनि रोटेपिंग र लिंगेपिंगमा झुमेका रातहरु हिजो जस्तो लाग्छ तर समयले कति टाढा पुराइसकेछ ती दिनहरुलाई ।
जब जुकरबर्गको पानाहरु पल्टाएर हेर्छु अनि आफनैं जीवनका ऐनाहरु नियाल्छु बितेका दिनहरुले पनि बर्तमानमा पोल्दोरहेछ ओल्टाईपल्टाई त्यही जुकरबर्गको भित्तामा पुराना फोटोहरु टांगेर हयापी तिहार भन्दैं रमाएको अनुभुति गर्न बाहेक कुनैं रमाईलो पल छैंन् । विलियम बुटलर यिट्सको लेमन्टेसन अभ वल्ड पेन्सनरको एउटा हरफमा भनिएको छ समयको थुतुनोमा मलाई थुकिदिन मन लाग्छ किनकी जसले मलाई परिवर्तित गरेर बुढो हुन कर लगायो । वास्तवमा हो रहेछ समयले कति छिटो कोल्टो फेर्दारहेछ ।
प्रदेशको ठाउँमा लागेपछि झन आफनो माटो,गाउँघर,छरछिमेक,साथी भाइ सबैंका यादले मन छिया छिया हुदोरहेछ ।कामको बोझमा पिरल्लीरहेको मन जब थकित हुंदैं कोठामा आइपुग्दा लखतरान भको शरिर ओछयान पल्टिएपछि घरको यादले आँखाहरु आँशुमा लुटपुटिन्छ ।विरानो ठाउँ अनि विरानो परिवेश संसारलाई एउटा कोठामा सामाजिक सञ्जालबाट जोडनुबाहेक केही छैंन् ।
भन्दैंथिईन बहिनी दादा तपाई परदेश हिडेको पनि बषौं भैंसकेछ कहिले आउनुहुन्छ ?थाहा छ तपाई परदेशिएको बषौं भयो त्यही भएर तपाईको लागि मैंले सयपत्रीको माला गाँस्न छोडीसके ।यो बर्ष चाहि आउनुहुन्छ कि भन्ने ठुलो आशा थियो त्यो पनि मरयो ।रोप्नैं छोडीसके मखमली फूलहरु तपाईको नाममा ।
जब यो कुरा मेरी बहिनीको मुखारविन्दबाट सुनीसकेपछि मैंले मेरो आँखाको तलाउ भरि भराउ पारेर बस्न बाहेक केही गर्न सकिन ।मनमनैं भने अर्का बर्ष चाहि मेरो लागि पनि पूmलबारीमा ढक्कमक्क फूलहरु फुल्नेछन् ।