जनसम्पर्क समिति कोरियाको सौल क्षेत्रको सभापतिमा इश्वर क्षेत्री
सौल -फोनिज कोरिया सम्बाददाता
यति बेला कोरिया मा नेपाली कांग्रेस को प्रबासी भातृ संगठन जनसम्पर्क समिति आफ्नो केन्द्रीय अधिबेसन को तयारी लागि जुटिरहेको छ |यहि नोभेम्बर महिना को २२ तारिख केन्द्रीय महाधिबेसन हुन लागिरहेको अवस्थामा जनसम्पर्क समितिले कोरिया लाई ७ वटा क्षेत्र मा बिभाजन गरि क्षेत्रीय अधिबेसन पनि सम्पन्न गर्दै आएको छ | यसै क्रम मा नेपाली कांग्रेसको प्रबाशी भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सउल क्षेत्र नं १ को क्षेत्रीय अधिबेशन यही नोभेम्बर ८ मा सम्पन्न भएको छ |
सउल क्षेत्रका निबर्तमान सभापति भजिन्द्र क्षेत्री को सभापतित्वमा सम्पन्न भएको अधिबेसनको प्रमुख अतिथिमा जनसम्पर्क समिति कोरियाकी पूर्व सभापति गंगा थापा श्रेष्ठ रहेका थिए |अन्य बिशेस अतिथिहरुमा केन्द्रीय प्रतिनिधि रामु कार्की र आस्था बिन्दु मल्ल , क़ानूनी सल्लाहकार डा. अग्नि प्रसाद कोइराला , सल्लाहकार प्रकाश धमला , समन्वय बिभाग प्रमुख हरी गौतम , सहमहा मन्त्री मोहन पण्डित लगायत कांग्रेस प्रति आस्थावान बिशिष्ट ब्यक्तिहरुको अतिथ्यतामा क्षेत्र नं १ सउल को क्षेत्रीय महाधिबेसन सौहार्दपूर्ण बाताबरणमा सम्पन्न भएको थियो । अधिबेसनले नया कार्य समिति पनि गठन गरेको छ ।समितिका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् |
सभापति – ईश्वर क्षेत्री
उपसभापति -१ ) टीका क्षेत्री २ ) कृष्ण कुमार श्रेष्ठ
सचिब -यम खत्री
सह सचिब- मणि प्रसाद खनाल
कोषाध्यक्ष – नर बहादुर गुरुङ्ग
सदश्यहरु
१ ) संजय त्रिपाठी
२ ) चित्रा कुमारी गुरुङ्ग
३ ) रितु भट्टचन
४ ) राजेन्द्र पौड्याल
५ ) खगेन्द्र राज लिम्बु
६ ) चूड़ा मणि लामिछाने
७ ) बलदेभ् भट्टराई
८ ) कृष्ण गुरुङ्ग