फ्रान्सलाई फेसबुकको साथ
सोल – सामाजिक सञ्जाल फेसबुकले पेरिसमा भएको आतंककारी आक्रमणबाट आहत भएको फ्रान्सलाई आफ्नो नयाँ सेवाबाट साथ दिएको छ । फेसबुकले शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा भएको आतंकाकारी आक्रमणपछि फोटो फिल्टर सेवा सुरु गरेको छ |
यो सेवाबाट प्रयोगकर्ताले सजिलैसँग फ्रान्सका लागि आफ्नो साथ देखाउन सक्छन् । यो सेवाले प्रयोकर्ताको प्रोफाइल पिक्चरलाई फ्रान्सको झण्डासँग मिलाएर परिवर्तन गरिदिन्छ ।
प्रयोगकर्ताको प्रोफाइल पिक्चर सजिलैसँग फ्रान्सको झण्डाको रंगमा मिलेर परिवर्तन हुन्छ । यदी तपाईंले आफ्नो फेसबुक पेजमा फ्रेन्च फ्ल्याग फिल्टर टुल भेट्नु भएको छैन भने फेसबुकको पेजमा जानु पर्छ ।
त्यहाँ वि स्ट्याण्ड टुग्यादर लेखेर पोस्ट गरिएको छ । त्यहाँ रहेको ट्रइ इट वटनमा क्लिक गरेपछि प्रोफाइल पिक्चर फ्रान्सको झण्डासँग फिल्टर गरिदिन्छ ।