कोरियाको कामसंगै नाम र दाम कमाउदै डीआर अटु


 

सोल – डिआर अटु कोरियामा नौलो नाम होईन | ४ बर्ष अघि ईपिएस प्रणालीवाट कोरिया आएका अटु अहिले कोरियाको दिन र रातको काम गरेर बचेको समयमा संगीत सृजना गर्नमा ब्यस्त छन् |

 

 

 

उसो त उनि कोरिया आउनु भन्दा अघि नै नेपाली सांगेतिक क्षेत्रमै सक्रिय  थिए | कोरियाको १२ / १४ घन्टे काम गरेर बचेको समयमा सृजनात्मक काम गर्नु पक्कै पनि कठिन छ तर जहाँ ईछ्या त्यहाँ उपया भने झैँ दैनिक ४ / ५ घण्टा मात्र सुतेर भए पनि महिना ५ / ७ वटा गीतमा संगीत भर्दै आईरहेको बताउछन |

 

 

चाडै नै कोरियामा मै रेकर्डिङ स्टुडियो खोल्न लागेका अटुले एउटा गीतमा संगीत भरेको २० देखि २५ हजार रुपिया पारिश्रमिक लिने गरेको सुनाउदै आफु यो क्षेत्रला लगेर पूर्ण सन्तुष्टि रहेको बताए |

 

 

कोरियामा आफ्नो छुट्टै परिचान बनाउन सफल सुनाखरी समुहका सदस्य समेत रहेका अटुको ”दिक्तेल बजारमा” , ”गुडी जाने रेल” , चौबन्दी चोली” , ”घामछाँया” बोलका गीत हिट छन् | भर्खरै बजारमा आएको ” जब साझ ढल्दै गयो” बोलको गीतलाई पनि स्रोता तथा दर्शकले राम्रो रेस्पोन्स दिएको सुनाए |

 

 

अहिले उपन्यास पनि लेख्दै गरेको र पुरा भए पछि सोहि उपन्यासमा आधारित चलचित्र बनाउने भावी योजना सुनाउदै अटुले सबै मान्छेसंग कुनै न कुनै कला हुने त्यो कलालाई उजागर गर्न आफु पनि लागि पर्नु पर्ने सुझाउदै समय भन्दा कोही पनि बलवान नभएको र जो मान्छे समयसंग हिडन सक्छ उसैले नै सफलता शिखर उक्लिने बताउदै हामी देश विदेशमा जहाँ भए पनि नेपाली गीत संगीतलाई माया गरि  दिन आग्रह गरे |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • मार्मिक शब्दभावले भरिपूर्ण गोविन्द गौतमको “भिजा हातैमा” सार्वजनिक [भिडियो सहित]
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...