एमटियु र केसिटियुले किम्हेमा शैक्षिक कार्यक्रम गर्ने
सोल-प्रवासी मजदुर सङ्घ (एमटियु ) कोरिया र कोरियन प्रजा तान्त्रीक मजदुर महासङ्घ (केसिटियु ) ले नोभेम्बर २२ तारिक आईतबार खिम्हेमा एक बिषेश सैक्षिक कार्यक्रम गर्ने भएको छ ।
सन्, २००५ मा स्थापित मजदुर हरुको एक मात्र संगठन प्रवासी मजदुर संगठन (एमटियु ) कोरियाले आफ्नो स्थापना काल देखिनै निरन्तर मजदुर हरुको पंक्षमा उभिएर आवाज उठाइरहेको छ ।
प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितताको निम्ति निरन्तर आवाज उठाउदै आइरहेको एमटियु कोरिया र केसिटियुले कोरियामा रहेको प्रवासी मजदुरहरुलाई मजदुर संगठन ,मजदुर ३ अधिकार ,रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम , मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नयाँ मजदुर कानुन र त्यसबाट मजदुरहरुलाई पर्ने असर ,औधोगिक दुर्घटना र क्षेतिपुर्ति ,कम्पनीको समस्या समाधान लगायत विभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले कोरिया ख्यंङ्सांङ्नाम्दो किम्हेको केसीटियु किम्हे शाखा कार्यालयमा (किम्हे छेइल चर्च क्षेत्र 경상남도 김해 , 민주노총 김해 지부 사무실) शैक्षिक कार्यक्रम गर्ने तयारी गरेको हो ।
उक्त सैक्षिक कार्यक्रम मजदुर हरुको लागी नै आयोजना गरिएको हुँदा सम्पुर्ण खिम्हे तथा ख्यंङ्सांङ्नाम्दो क्षेत्रको प्रवासी मजदुरहरु सहभागी भइदिनुहुन एमटियु कोरियाद्वारा हार्दिक अनुरोध गरिएको छ ।
कार्यक्रम हुने स्थान र मिति :
मिति : २०१५ नोबेम्बेर २२ तारीक दिनको १ बजे
स्थान : किम्हे केसिटियु शाखा कार्यालय ,हेओरुम अपार्टको अगाडिको घरको ५ तलमा
जाने तारिक : थोंग्वान्फ़ प्रथामिक बिधालयमा उत्रने ,गाडी न ८ ,७९,९८ , (동광초동학교 정유소 하자) किम्हे छंजुक्यो बस स्टप ।
गाडी नम्बर ३-१,४,६,३०,३५,४४ ,५६,५८,६०,६१,८२ ( 김해 천주교 ) किम्हे छेइल चर्च वरिपरी , तल नक्सा हेर्नुहोला
समय : दिनको १ बजे
सम्पर्क : उदय राइ ०१०-५६७५-२०११
खेम कार्की -०१० -६४५३-३०५०