कोरियामा रहेका नेपालीहरुले भारतीय दूताबासमा बिरोध जनाउने
सोल-अघिल्लो महिनादेखि भारतले नेपालमा अघोषित रुपमा लगाई रहेको नाकाबन्दीको बिरोध कोरियामा रहेका नेपालीहरुले पनि गर्ने भएका छन् |
एनआरएन कोरिया लगायत २३ संस्थाको अगुवाईमा सोलस्थित भारतीय दूताबासमा छुट्टाछुट्टै बिरोध पत्र बुझाउन लागेका हुन् |
एनआरएन कोरियाले आउदो शुक्रबार बिभिन्न बुदाहरु सहित बिरोध पत्र बुझाउन लागेको छ | सो बिरोध पत्र बुझाउने कार्यक्रममा सहभागी हुन् कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनले अनुरोध गरेको छ |
सचिब सगेन्द्र घलेका अनुसार बिरोध बिरोध पत्र बुझाउने बारे भारतीय दूताबासलाई जानकारी गराई सकिएको छ |
त्यसैगरि सपोर्ट नेपाल फाउन्डेशन सहित विभिन्न संघ संस्था र कोरियाका विभिन्न क्षेत्रमा सक्रिय नेपाली संघ संस्थाहरुले पनि भारतीय दूताबासमा बिरोध पत्र बुझाउने तयारी गरेका छन् | यसका लागि सोमबार १ बजेदेखि ४ बजेसम्म समय समेत लिईसकेको छ ।
विज्ञप्ती नेपाल सरकारबाटै मगाउने गरी तयारी गरिएको छ भने अन्य तयारी समेत पुरा भएको छ । यसको व्यवस्थापकीय जिम्मेवारी कोरियामा ३० वटा भन्दा बढि संघ संस्थाको सहभागिता रहेको प्रवासमा नेपाली एकता समुहले गर्ने भएको छ ।
यस कार्यक्रमको लागि आइतबार १ बजेदेखि ४ बजेसम्म हस्ताक्षर , प्लेकार्ड लगायतका तयारीका लागि उपस्थित हुन समेत कोरियाका विभिन्न संघ संस्था तथा नेपाली समुदायमा हार्दिक अनुरोध गरिएको छ ।
यस अभियानका लागि ऐक्यवद्धता जनाउने संघ संस्थाले प्रवासमा नेपाली एकता समाजका संयोजक एलवि श्रेष्ठ,योंग स्टार फाउन्डेशनका संस्थापक अध्यक्ष यम श्रेष्ठ,सपोर्ट नेपाल फाउन्डेशनका कार्यलय प्रमुख यज्ञराज सुवेदी मार्फत आफ्नो नाम टिपाउन सकिने जनाईएको छ ।