कोरियाका पुर्व राष्ट्रपति किमको ८७बर्षको उमेरमा निधन,मंगलबार अन्त्येष्टि
सोल-दक्षिण कोरियाका पुर्व राष्ट्रपति किम योंग सामको ८७ बर्षको उमेरमा निधन भएको छ ।प्रजातान्त्रिक नेता किमको आईतबार निधन भएको हो ।रगतमा ईन्फेक्सन र मुटको बिरामी रहेका किमको सोल नेशनल अस्पतालमा उपचारको क्रममा निधन भएका अस्पताल स्रोतले जनाएको छ ।
दक्षिण कोरियामा किमलाई प्रजातान्त्रिक योद्धाको रुपमा लिईन्छ ।दशकौं देखिको कोरियामा लादिएका शैंनिक शासनलाई प्रजातान्त्रिक नेताको छवि बनाएका स्वर्गीय राष्ट्रपति किमले आफनो शासनकाल (१९९३ – १९९८)मा हटाएका थिए ।
कोरिया सरकारले ५ दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ ।मंगलबार गरिएको अन्त्येष्टिमा राष्ट्रपति पार्क गुन हे सामेल थिए ।
राष्ट्रिय सभाहलमा राखिएको पार्थिव शरीरमा समवेदना प्रकट गर्न १८८ देशका राजनितिज्ञ, विदेशी प्रतिनिधिकाहरुको साथमा करिब २० हजार कोरियनहरु पुगेका थिए ।