Advertisement
SKIP THIS

नेपाली कामदारको विकल्प खोज्दै मलेसिया सरकार


क्वालालम्पुर–केही यस्ता कारण छन् जस्ले नेपालसँग मलेसिया रुष्ट बनेको पुष्टी गर्छ । भलै मलेसियाले मुख खोलेर भने यो कुरा प्रष्ट पारेको छैन् । गत असारबाट नेपाल सरकारले एकतर्फी रुपमा लागु गरेको फ्रि (भिषा, फ्रि (टिकट कार्यक्रमदेखि नै मलेसिया मौन बनेको हो ।
फ्रि (भिषा, फ्रि (टिकटको रटान लगाउँदै नेपाल सरकारले कामदार नदिने, मलेसिया सरकारले पनि फ्रि मा कामदार लेउ नभन्ने गर्दा नेपाली कामदार मलेसिया आउने क्रम अहिले न्युन बनेको छ । यसैबाट थाहा हुन्छ, कि नेपालको कदमप्रति मलेसिया असहमत छ भन्ने |

 

 

कामदार ल्याउने सन्र्दभमा नेपालसँगको सम्बन्ध चाहेजस्तो नबनेपछि मलेसिया बंगलादेशतर्फ मोडिएको हो । बंगलादेश पनि मलेसिया र नेपालबीचको सहकार्य अन्त्यको पर्खाइमा थियो । हिजो चाहेर पनि पाउन नसकेको उपलब्धी अहिले बंगलादेशलाई मिल्न लागेको छ । बंगलादेशबाट ल्याउन लागिएका १५ लाख कामदार व्यवस्थापनका लागि मलेसियाले यतिबेला आन्तरिक गृहकार्य तीब्र पारेको छ ।

 

 

अझै अचम्मको कुरा सन २०२० भित्र विदेशी कामदार २ प्रतिशत कटौती गर्ने मलेसिया सरकारले बताइसकेको छ । विदेशी कामदार कटौती गर्ने बताइरहेको मलेसियाले १५ लाख बंगालादेशी कामदार ल्याउने तयारी तीब्र पार्नुले नेपालप्रति रुची घटेको स्पष्ट देखिन्छ । बंगलादेशी कामदार सँगसँगै मलेसियाले म्यानमारबाट बिस्थापित बनेका रोहिङ्ग्या शरणार्थीलाई पनि रोजगारी दिने तयारी थालेको छ ।

 

 

 

यी कुराहरुले प्रष्ट पार्छ मलेसियाको नेपाल बिक्रषण
–बंगलादेशबाट १५ लाख कामदार ल्याउने तयारी ।
–म्यानमारबाट विस्थापित १ लाख ३५ हजार रोहिङ्ग्या शरणार्थीलाई वैधानिक कामदार बनाउने तयारी ।
–सन् २०२० भित्र २ प्रतिशत विदेशी कामदार कटौती गर्ने तयारी ।
–वैधानिक होस् या अवैधानिक कामदार घर फर्किन चाहे तुरुन्त फर्कन सक्ने व्यबस्था ।
–नेपाल सरकारले गत असारबाट लागु गरेको फ्रि (भिषा, फ्रि (टिकट कार्यक्रममा सहकार्य नगर्नु ।
–नेपाल बाहेकका मुलुकसँगको सहकार्य यथावत हुनु ।
–अवैधानिक कामदार वैधानिक बन्न पाउने सीक्स (पीको प्रक्रिया घोषणा हुन नसक्नु ।

 

 

 

हाल मलेसियामा शरणार्थी अवस्थामा रहेका १ लाख ३५ हजार रोहिङ्ग्यालाई वैधानिक कामदारको हैसियतमा स्वीकार गर्ने तयारी भइरहेको उपप्रधानमन्त्री अहमद जाहिद हमिदीलाई उद्वृत गर्दै यहाँका पत्रपत्रिकाले खबर छापेका छन् । नेपालबाहेक अन्य कामदार ल्याउने मुलुकसँगको सम्बन्ध यथावत हुनु । वैधानिक होस् या अवैधानिक घर फर्किन चाहने कामदार तुरुन्त्तै घर फर्किन पाउनु, कुनै रोकतोक नगर्नु ।

 

 

अवैधानिक कामदार वैधानिक बन्न पाउने सिक्स पीको कार्यक्रम घोषणा नगर्नु यि सबै कारणबाट मलेसियाको नेपाली कामदारप्रतिको रुची र आवश्यकता घटेको बुझ्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...