Advertisement
SKIP THIS

नेपाली संगीतकी आभा


 

दक्षिण कोरिया ः जति सरल स्वभावकी छिन् त्यति नै सालिन व्यक्तित्व झल्कन्छ उनमा । मिठो बोली, अनि सुमधुर स्वरकी धनी आभा मुकारुङ नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन् । २०५४ सालबाट नेपाली गीतसंगीतमा निरन्तर लागिरहेकी गायिका मुकारुङ आफना जादूमय स्वरका कारण हरेक नेपालीको मुटुमा बस्न सफल भएकी छिन् । लोक, आधुनिक, स्वदेशगान, भजन र विभिन्न भाषाभाषीका चलचित्रको गीत गरी तीनसय भन्दा बढी गीतमा स्वर भरिसकेकी आभा भविष्यमा विभिन्न जातजातिको संस्कृति झल्कने गीत गाउने योजना रहेको बताउँछिन् ।

उनका अधिकांश पूर्वेली लोकभाकाका गीतहरु चर्चित छन् । यद्यपि रामकृष्ण वान्तवाको शब्द र राजु सिंहको संगीत रहेको ‘कता हिडेको कसलाई खोजेको, भन न भन ए बिरानो परदेशी’ बोलको गीतले उनलाई एकैचोटी चर्चाको शिखरमा पु¥यायो । उक्त गीत ६४ सालको हिट्स एफएम अवार्डमा समेत नोमिनेसनमा परेको थियो । २०६० सालतिर चौतारी समूहबाट ‘मनकी रानी’ एल्वममा रामचन्द्र काफ्लेसँग गाएको ‘काली पारी दाई’ बोलको गीत पनि त्यत्तिकै चर्चित भएको थियो । थुप्रै कलेक्सन एल्वमहरुमा स्वर दिएकी आभाको आफ्नो एकल एल्वम भने ‘आभा’ र ‘सौभ्म’ हुन् ।

अहिले अर्को नयाँ एकल एल्वमको तयारीमा जुटेकी आभा यस एल्वमबाट गायिका मात्र नभई संगीतकारको रुपमा पनि आफुलाई चिनाउने भएकी छिन् । ‘हावासँगै मन उड्यो बहारसँगै मन फुल्यो, भेटछे कि त मनको क्षितिज आँखाभरी सपना डुल्यो’ आउने एल्वमको लागि शिमुरा वान्तवाको शब्दलाई गायिका आफैंले संगीतवद्ध गरेकी छिन् । त्यस्तै उनलाई मन परेको अर्को गीत हो, ‘पानी झैं सङलो आकाश झैं अग्लो, ऐना झैं सफा मन मेरी आमाको ।’ उनले नरदेवी राईको यो शब्दलाई पनि आफैंले संगीत भरेकी छिन् ।

बाल्यकालदेखि नै सांगीतिक वातावरणमा हुर्केकी आभाको चाहना भने नर्स बन्ने थियो । तर संगीतप्रेमी बाबा तिर्थराज राई र आमा नरदेवी राईको इच्छा र प्रेरणाले गायिका बनिन् । आमाबुबा गीत गाउनु हुन्थ्यो तर कलाकार बन्न नसकेपछि छोरीलाई गायिका बनाउने उनीहरुको इच्छा थियो । यसरी घरको संगीतमय माहोलमा हुर्केकी आभाले सानैदैखि विद्यालयमा हुने साँगीतिक कार्यक्रमहरुमा गीत गाउँदा सबैले उनको स्वरको तारिफ गरेपछि उनले पनि गायिका बन्ने सपना देख्न थालिन् ।

भोजपुरको दिल्पामा जन्मेकी आभाले गाउँबाटै एसएससी दिएर इटहरीमा कर्मश विषय लिएर अध्ययन गर्न थालिन् । त्यहाँं उनले संगीतकार भोला राईसँंग संगीतसम्वन्धी प्रशिक्षण पनि लिइन् । त्यसपछि राजधानी छिरेकी आभाले २०५४ सालमा रेडियो नेपालमा भएको आधुनिक गीत प्रतियोगितामा भाग लिइन् । उक्त प्रतियोगितामा उत्कृष्ठ १० मा परेपछि उनलाई रेडियो नेपालले मान्यताप्राप्त गायिकाको प्रमाणपत्र समेत दियो । उनले तत्काल रेडियो नेपालमा शुभ मुकारुङको शब्द र शान्तीराम राईको संगीतमा ‘यो साल फेरी बारीभरी अजम्बरी फूलेको छ’ बोलको गीत रेकर्ड गरिन् । यहि गीतबाट औपचारिक रुपमा संगीतमा लागेकी आभाले रेडियो नेपालमा लोक, आधुनिक, राष्ट्रिय र भजन जस्ता गीतहरु गाउन थालिन् ।

काठमाडौंमा गीत र अध्ययनलाई अगाडि बढाउदै उनले गुरुदेव कामतसँंग संगीत सिक्न थालिन् । त्यस्तै राष्ट्रिय नाचघरमा कमल क्षेत्री र ओमकार गड्तौलासँग पनि एक वर्षे संगीत प्रशिक्षण लिइन् । त्रिचन्द्र क्याम्पसबाट ग्रामीण विषयमा स्नातक आभाले इलाहाबाद केन्द्रबाट हुने परिक्षामा सहभागी भएर संगीतमा सिनियर डिप्लोमा गरेकी छिन् । गीत गाउनको लागि स्वर मात्र भएर हुन्न संगीत सम्वन्धि ज्ञान हुनु आवश्यक रहेको उनको भनाइ छ ।

लोक तथा आधुनिक गायिकाको रुपमा नेपाली साँगीतिक क्षेत्रमा स्थापित गायिका मुकारुङलाई लोकसंगीतले बढी मन छुने गर्छ । ‘नेपाली संगीतको मुल जरो नै लोकगीत हो’ उनी भन्छिन् । संगीत बिनाको जिन्दगी कल्पना गर्नै नसक्ने आभा शरीरले साथ दिइन्जेलसम्म गीत गाइराख्ने बताउँछिन् । त्यसैले त गीतसंगीतको माध्यमबाट समाजलाई केही दिन सकेमा आफनो जीवन सन्तुष्ट हुने उनको भनाइ छ ।
नेपालका विभिन्न ठाउँहरुमा पुगेर साँगीतिक प्रस्तुति पस्कदै आएकी आभा विदेशमा हुने साँगीतिक कार्यक्रमहरुमा पनि त्यतिकै व्यस्त हुन्छिन् । गीत गाउने क्रममा भारतको सिलगुडी, देहरादून सहित हङकङ, कतार, दुबई, दक्षिण कोरिया, यूकेलगायतका विभिन्न मुलुकमा पुगिसकेकी आभा प्रवासमा बस्ने नेपालीहरुको माया, सदभाव र सम्मानप्रति आभार प्रकट गर्छिन् ।

आउन लागेको नयाँ एल्वमको अहिले नै नाम जुराइसकेकी छैनन् तर चर्चित गीतकार र संगीतहरुको उत्कृष्ठ शब्द र संगीतको संयोजन रहने भएकोले पनि दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी छिन् आभा ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...