कोरिया संघीय समाजबादीको कार्यबहाक अध्यक्षमा स्याङ्तान
सोल – संघीय समाजबादी फोरम नेपालको प्रवास भातृसंगठन नेपाली संघीय समाज दक्षिण कोरियाको अध्यक्ष दीपेन्द्र राईको कोरिया बसाई अवधी पूरा गरि नेपाल फर्किए पछि संगठनकै वरिष्ठ उपाध्यक्ष देब राज स्यांङ्तान नोभेम्बर १५ आईतबारको दिन एमटियु हल माबसेको बैठकले कार्यबाहक अध्यक्ष पदमा सर्वसम्मतिबाट चुनिएका छन् ।
संबिधान जारी हुनु अघि पहिचान सहितको संघीयता , संघीयता सहितको संबिधानको माग गर्दै आएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनाधिकार फोरम नेपालको पार्टी एकता भएपछी पनि आफ्ना मागहरुलाई सरकारले बेवास्ता गरेको भन्दै जायज माग पुरा गराउन लामो समयदेखी संगठनले आन्दोलन गरिरहेको छ ।
आन्दोलन पंक्षलाई कमजोर ठान्दै सरकारले उनिहरुलाई वार्ताको लागी उपयुक्त बातावरण सिर्जना नगर्दा देशले ठूलो संकट भोगिरहेको छ ।