फोनिज जापानमा नयाँ कार्यसमिति चयन , अध्यक्षमा शान्त पहरी
फोनिज जापान
सोल कोरिया / नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रबास साखा फोनिज जापानमा नयाँ कार्य समिती चयन गर्दै अधिबेशन सम्पन्न भएको छ | उक्त पहिलो अधिवेशन बाट शान्त पहरी अध्यक्षमा चुनिएका छन् ।
गत आइतबार जापानको राजधानी टोक्योको ओमोरी स्स्टेशन को सेइयु हलमा सम्पन्न अधिबेशनबाट शान्त पहरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्व सहमत चयन गरिएको छ | जसमा दुइ उपाध्यक्षमा निशान राणा मगर र चसिला लामा , महासचिबमा फुर्वा शेर्पा , सचिबमा अभिनाश तामाङ , कोषध्यक्ष सुनिता श्रीस , सदस्यहरुमा हरिलाल श्रेष्ठ , गनेश लिम्बु , शसिकला मोक्ताङ , लालध्वज मादेन , उषा कान्दावा रहेका छन् भने दुइ सदस्य पछी मनोनित गर्ने निर्णय भएको नब निर्वाचित अध्यक्ष शान्त पहरी ले जानकारी गराए |
जातिय पहिचान सहितको सङ्घियता , समाबेशी सन्चार आजको आवश्यकता भन्ने नाराको साथ सम्पन्न अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अन्य बिशेष अतिथीहरुमा नेपाल पत्रकार महासङघ जापानका अध्यक्ष तिलक मल्ल , एनआरएन जापानका अध्यक्ष सुदन थापा , एनआरएनका पुर्व सदस्य गोबिन्द थकाली रहेका थिए भने ,अतिथीहरुमा शेर्पा सङघ जापानको अध्यक्ष लाक्पा गेलु शेर्पा , किरात याक्थुङ चुम्लुङ जापान का अध्यक्ष देबी बहादुर इङ्नाम , मादन कुमारी तामाङ समाजका अध्यक्ष हिमाल लामा , नेफिनका उपाध्यक्ष पेएमबिएअ लामा , कोषाध्यक्ष सोम माया गुरुङको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो |
फोनिज जापान शाखाको प्रथम अधिबेशन सम्पन्न पश्चात प्रवास मा पत्रकारिताको अबसर र चुनौती बिषयमा करिब २ घण्टा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो अधिबेशन फोनिज जापान जापानका नब निर्बाचित अध्यक्ष शान्त पहरी को सभापतित्व मा महासचिब निशान राणा मगरले सन्चालन गरी सम्पन्न भएको थियो |