उत्तर कोरियामा लामो केश पाल्न मनाही
सोल-मानिसका रुचि फरक फरक हुन्छ एउटालाई मन पर्ने कुरा अर्कालाई मन नपर्न सक्छ त्यसमा पनि अरुको ईच्छामा काम गर्नु परो भने त मानिसलाई झनैं गाह्रो हुन्छ ।
अब उत्तर कोरियाका लामो केश पाल्न चाहने युवाहरुले चाहना विपरित केश काटनु पर्ने भएको छ ।उत्तर कोरियाको अधिकारीहरुले युवाहरुलाई छोटो केश पार्न निर्देश गरेको छ । सो कुरा पालन नगरेमा कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
गत हप्ता मात्र प्योंगयांगले उर्दी गर्दै २ सेन्टीमिटर भन्दा लामो केश नराख्न भनेको हो ।महिलाहरुलाई भने केश पाल्न छुट रहेका समेत अधिकारीहरुले बताएका छन ।
स्रोतका अनुसार विश्वविधालयको विधार्थीहरु हातमा कैंची लिएर हिडिरहेका छन्,लामो केश पालेका युवाहरु भेटन् साथै केश काटीदिने गरेका छन् ।युवाहरुलाई अझ के भनिएको छ भने ऊनीहरुले केश कस्तो काट्न भन्ने बारेमा समेत मोडल दिएको छ उत्तरकोरियाका नेता किम जोन उनको जस्तो ।जुन स्टाईललाई उत्तर कोरियामा एम्बिसिअस भनिन्छ ।महिलाहरुलाई पनि केश पाल्न दिएपनि किमका श्रीमती रि सोल जुको स्टाईल अपनाउनु पर्नेभएको छ ।
उत्तरकोरियाको स्रोतको अनुसार प्योंगयांगमा केश काट्नेहरुको भीड बढेको छ ।