भूकम्प पिडितलाई सहयोग गर्न जनजाती महासंघ कोरियाको अपिल


फोनिज कोरिया सम्वादाता

सउल ः यतिखेर देश पुरै शोकमा डुबेको छ । शनिबार आएको महाभूकम्पका कारण सयौं व्यक्तिहरुले ज्यान गुमाएका छन् भने ठुलो जनधनको क्षति भएको छ । यस्तो दैविप्रकोपबाट ग्रस्त नेपालका लागि विभिन्न राष्टहरुबाट सहयोग समेत प्राप्त भइराखेको छ भने विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले पनि सहयोग अभियान सुरु गर्न थालेका छन् ।

यसै क्रममा आदिवासी, जनजाति महासंघ दक्षिण कोरियाले पनि भूकम्प पिडितलाई सहयोग गर्न सम्पूर्ण कोरियावासी नेपालीहरुमा अपिल गरेको छ । २५ तारिख शनिबार नेपालको बिभिन्न स्थानलाई केन्द्र बिन्दु बनाएर गएको महाभूकम्पले पुराएको अतुलनीय मानबिय र भौतिक क्षतिले अति दुखित भएको नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचनले बताएका छन् । उनले यस किसिमको राष्ट्रिय बिपत्तिमा सहयोग, उद्दार र राहत पुराउने हामी देश बिदेशमा रहेका नेपालीहरुको कर्तब्य रहेको बताउदै महासंघको तर्फबाट एक अपिल जारी गरेका छन् ।

अपिलमा अहिलेसम्म भएको मानबिय र भौतिक क्षतिको पूर्ण विवरण आई नसकेको भए पनि नेपाल सरकारले उद्दार गर्दै सहयोग गर्न आव्हान गरिरहेको छ । तसर्थ कोरिया बासी सबै नेपालीहरुले सक्दो सहयोग गरिदिनु हुन नेपाल आदिबासी जनजाती महासंग कोरियाले हार्दिक अनुरोध गरेको छ । महासंघका अध्यक्ष शेरचनले यो प्राकृतिक विपत्ति शक्तिशालि भूकम्पमा परि संकट कालिन अबस्थामा रहेका हाम्रा नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा धैय धारण गर्ने शक्ति मिलोश भन्ने कामना गर्दछौ साथै घाइते भएका महानुभाबहरुमा शिघ्र स्वास्थ्य लाभ र मृतक आत्मा प्रति चीर शान्तिको कामना गर्दछौं, भनेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...