कोरिया चुम्लुङले चासोक तङनाम भब्य साथ मनाउने
सोल -किरांत याक्थुङ चुम्लुङ कोरियाले सदा झैँ यो बर्ष पनि बिभिन्न उत्सब गरेर चासोक तङनाम भब्य साथ मनाउने निर्णय गरेको छ | चुम्लुङको गत आइतबार बसेको बैठकले आउदो डिसेम्बर २७ का दिन लिम्बु जातिहरुको प्रमुख चाड चासोक तङनाम मनाउने निर्णय गरेको हो |
कार्यक्रम प्रबासी मजदूर युनियन (एमटियु) को हलमा हुने जनाइएको छ |कार्यक्रमलाई रोचक र मनोरंजन पूर्ण बनाउन लिम्बु जातिहरुको कला सस्कृति प्रदर्शन गरिने भएको हो |
चुम्लुङका अध्यक्ष सन्तोष मादेनका अनुसार कार्यक्रमको तयारी व्यापक रुपमा भैरहेको छ | सो दिन लिम्बु जातीका परम्परागत खानाले अतिथिहरुलाई स्वागत गर्ने तयारी गरिएको छ |
कार्यक्रमको विवरण :-
कार्यक्रम:- चासोक चासोक तङनाम
मिति :- डिसेम्बर २७
स्थान :- एमटियु हल
जाने तरिका :-Seoul Train line No 3
Bulkwang station gate No 2 बाट निस्केर 3/4 मिनेट हिड्ने
서울시 은평구 녹번동 5 번지 18 동
민주노총 서울본부 2총 이주노조
बिस्तृत जानकारीको लागि :-
अध्यक्ष -सन्तोष मादेन -०१०४८३५१५६५
उपाध्यक्ष -गणेश मेन्याङबो-०१०८६८४४२०३३
महासचिब -उत्तम खजुम -०१०५९५०६७४५