कोरियामा नयाँ शक्ति निर्माण अभियानबारे भेटघाट र छलफल हुँदै
पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशव्यापी रुपमा संचालन गरेको नयाँ शक्ति निर्माण अभियानको बारेमा द. कोरियामा पनि भेटघाट तथा छलफल कार्यक्रम हुने भएको छ ।
यहि डिसेम्बर ६ तारिक आईतबारको दिन दोंगदेमुन ३ नम्बर गेट नजिकै रहको डीआर इन्टरनेशनलको हलमा उक्त भेटघाट तथा छलफल कार्यक्रम हुने लागेको हो ।
दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नयाँ शक्ति निर्माण अभियानमा कटिबद्ध भएर लागेका र लाग्न चाहनुहुने साथीहरुबीच आन्तरिक छलफल तथा भेटघाट हुन लागेको हो । साथै सोहि दिन क्षेत्र र केन्द्र को जिम्मेवारी पनि बाँडफाड हुने भएकोले आउँदो आइतबार सम्पूर्ण महानुभाबहरु लाई बिहान ९ बजे भित्र उपस्थित हुनको लागी आग्रह गरेको छ ।
प्रबासमा रहेर पनि हाम्रो एउटा मात्र उदेश्य भनेको हामी सबै नेपाली हौ , हाम्रो नेपाल सुन्दर शान्त नेपाल ,सम्बृद नेपाल ,नयाँ नेपाल देख्न चाहनु हो यसको लागि नयाँ नेतृत्व र नयाँ विचार को आबस्यकता पर्दछ । डा.बाबुराम भट्टराईको नेतृत्वमा जसरि नयाँ शक्ति निर्माण अभियान तिब्र गतिमा अगाडी बढेको छ, त्यसलाई साथ दिने उदेश्यले द. कोरियामा पनि बिगत ३ महिना देखि आन्तरिक रुपमा यो अभियान लाइ साथ दिदै आईरहेको अभियानकर्ता बलराम पुनले फोनिज कोरिया लाई बताए ।
यस अभियानलाई औपचारिक रुपले अगाडी बढाउनको लागि सबै तह तप्काका साथी हरु ,बिशेस गरि समाजसेवी ,बुद्दिजिबी,बिधार्थी,मजदुर,ब्यबसायी र नयाँ परिबर्तन चाहने सबै राजनीतिक आस्था राख्ने साथीहरुलाई यो अभियानमा साथ दिन हार्दिक अपिल गरेका छन् ।
सम्पर्क
०१०५९५०२६२६
०१०२७४८५५९५
०१०३१८४३७९०